■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Kathmandu Metropolitan City Ward No. 30 |
| ◆ पद (Position / Title): | Computer/IT, Kitchen/Clinic, Beautician, and Electrician Trainees |
| ◆ रिक्त संख्या (Vacancies): | १०० जना |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०८/०९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०८/१५ |
◆ संक्षिप्त जानकारी (Summary):
काठमाडौँ महानगरपालिका वडा नं. ३० कार्यालयले वडाबासीहरुका लागि नि:शुल्क सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्न आवेदन माग गरेको छ।
काठमाडौँ महानगरपालिका ३० नं. वडा कार्यालय, ज्ञानेश्वरले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडाबासीहरुका लागि नि:शुल्क सीपमूलक व्यावसायिक तालिम सञ्चालन गर्ने सार्वजनिक सूचना जारी गरेको छ। यस कार्यक्रम अन्तर्गत कम्प्युटर, आइ.टी. तथा साइबर सुरक्षा (२० जना), भान्छा औषधालय तालिम (४० जना), ब्युटिपार्लर एडभान्स तालिम (१५ जना) र इलेक्ट्रिसियन सम्बन्धी तालिम (२५ जना) प्रदान गरिनेछ।
तालिमका लागि आवश्यक योग्यता र मापदण्डहरु फरक-फरक तोकिएका छन्। कम्प्युटर तालिमका लागि आधारभूत ज्ञान भएको १६ देखि ४५ वर्ष उमेर समूह हुनुपर्नेछ भने भान्छा औषधालय तालिममा गृहणी महिलाहरुलाई प्राथमिकता दिइनेछ। ब्युटिपार्लर एडभान्स तालिमका लागि २०८२ सालमा सञ्चालित तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेका व्यक्ति मात्र योग्य हुनेछन्। इलेक्ट्रिसियन तालिमका लागि सामान्य लेखपढ गर्न सक्ने २० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरुले आवेदन दिन सक्नेछन्।
इच्छुक वडाबासीहरुले २०८३/०८/१५ गते कार्यालय समयभित्र वडा कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। आवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति र वडा बाहिरको नागरिकता भएमा बसाई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ। महिला, अपाङ्गता भएका व्यक्ति र श्रमिक वर्गलाई छनोट प्रक्रियामा विशेष ग्राह्यता दिइने सूचनामा उल्लेख छ।
थप सुचनामा:



