महाराजगञ्ज चिकित्सा क्याम्पसद्वारा उप-प्राध्यापक र अधिकृत पदहरूमा ३१ जनाका लागि दरखास्त आह्वान

feature 1793082830458 https://bajarkochirfar.com/private-job/maharajgunj-medical-campus-announces-vacancy-for-lecturer-and-officer-positions/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Tribhuvan University, Institute of Medicine, Maharajgunj Medical Campus
◆ पद (Position / Title):Lecturer (Upapradhyapak) and Officer
◆ रिक्त संख्या (Vacancies):30
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०७/१०
◆ आवेदन दिने अन्तिम मिति (Close Date):सूचना प्रकाशित मितिले २१ दिनभित्र

◆ संक्षिप्त जानकारी (Summary):

त्रिभुवन विश्वविद्यालय, महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न विधाका उप-प्राध्यापक र अधिकृत पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त माग गरेको छ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न शैक्षिक तथा प्रशासनिक विषय र पदहरूमा बढीमा १ वर्षका लागि करार सेवामा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। २०८३/०७/१० गते प्रकाशित यस सूचना अनुसार कुल ३० पदका लागि आवेदन माग गरिएको छ। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन फारम भरी बुझाउनुपर्नेछ।

माग गरिएका पदहरूमध्ये उप-प्राध्यापक अन्तर्गत नेफ्रोलोजी, एनेस्थेसियोलोजी (कार्डियोथोरासिक भास्कुलर), न्यूरोलोजी, ओरल एण्ड म्याक्सिलो-फेसियल सर्जरी, अर्थोपेडिक्स (स्पाइन), अर्थोपेडिक्स (पिडियाट्रिक), प्याथोलोजी, अप्थाल्मोलोजी, सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी, रेडियोलोजीका विभिन्न उप-विधा (Women’s Imaging, Body Imaging, Musculoskeletal Imaging, Cardiothoracic and Vascular imaging), फोरेन्सिक मेडिसिन, क्लिनिकल साइकोलोजी, पिडियाट्रिक, पिडियाट्रिक हेमाटोअंकोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, इमर्जेन्सी मेडिसिन, प्लास्टिक सर्जरी, इन्टरनल मेडिसिन, तथा इन्टरनल मेडिसिन मेडिकल अंकोलोजीमा १/१ जना माग गरिएको छ। यस्तै एनेस्थेसियोलोजी, अब्ब्स एण्ड गाइनो र क्रिटिकल केयर मेडिसिनमा २/२ जना उप-प्राध्यापकको माग छ। साथै प्रशासनिक तर्फ जनस्वास्थ्य अधिकृत १ जना र सूचना प्रविधि अधिकृत १ जना माग गरिएको छ।

शैक्षिक योग्यताको हकमा सम्बन्धित चिकित्सा विधामा स्नातकोत्तर, डि.एम., एम.सि.एच., वा एम.डी. उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ भने केही विशिष्ट पदहरूमा तोकिएको फेलोसिप वा कार्य अनुभव आवश्यक पर्नेछ। जनस्वास्थ्य अधिकृत पदका लागि जनस्वास्थ्य विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा १ वर्षको अनुसन्धान वा तथ्याङ्क व्यवस्थापन सम्बन्धी कार्य अनुभव तथा सूचना प्रविधि अधिकृतका लागि कम्तीमा Bsc CSIT, Bsc IT, BIT, BCA, वा BIM वा सो सरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ।

विस्तृत जानकारीका लागि क्याम्पसको सूचना पाटी तथा आधिकारिक वेबसाइटहरू https://mmciom.edu.np/vacancy/ वा www.mmc.tu.edu.np/vacancy मा हेर्न सकिनेछ।

थप सुचनामा:

महाराजगञ्ज चिकित्सा क्याम्पसद्वारा उप-प्राध्यापक र अधिकृत पदहरूमा ३१ जनाका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वावलम्बन लघुवित्तद्वारा नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

साना किसान कृषि सहकारीद्वारा कार्यालय सहायक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारीद्वारा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावरद्वारा विभिन्न ३ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

टी कार्की एन्ड एसोसिएट्सद्वारा ‘अफिस सेक्रेटरी कम डकुमेन्ट अफिसर’ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स