■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Hamro Madhyawarti Saving and Credit Cooperative Ltd. |
| ◆ पद (Position / Title): | Chief Executive Officer (CEO) |
| ◆ रिक्त संख्या (Vacancies): | 1 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/०९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०८/०८ |
◆ संक्षिप्त जानकारी (Summary):
हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औं तहको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि., ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँ, बर्दियाले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि प्रमुख कार्यकारी अधिकृत (तह ९) पदमा १ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको ३० दिनभित्र अर्थात् २०८३ मंसिर ८ गते साँझ ४:०० बजेसम्म आवेदन पेश गर्न सक्नेछन्।
यस पदका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। साथै, कम्प्युटर, कोर बैंकिङ प्रणाली (CBS), HRM प्रणाली तथा लोन म्यानेजमेन्ट प्रणालीसम्बन्धी ज्ञान भएको, व्यावसायिक योजना निर्माण तथा बजारीकरणसम्बन्धी ज्ञान भएको र नेपाली तथा अंग्रेजी दुवै भाषामा बोल्न र लेख्न सक्ने हुनुपर्नेछ। उमेर हदको हकमा आवेदन दिने अन्तिम मितिसम्म २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले संस्थाको कार्यालयबाट प्राप्त हुने तोकिएको ढाँचाको निवेदन, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि, २ प्रति अटो साइजको फोटो र दरखास्त दस्तुर बुझाएको रसिद संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय, भुरिगाउँ, बर्दियामा फाराम बुझाउनुपर्नेछ। छनोट प्रक्रियामा लिखित, प्रस्तुतीकरण र मौखिक अन्तर्वार्ता समावेश गरिएको छ। सर्टलिस्ट (छोटो सूची) मा परेका आवेदकहरूलाई मात्र लिखित परीक्षामा सहभागी गराइनेछ।
थप सुचनामा:


