■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Manang Marsyangdi Hydropower Co. Pvt. Ltd. |
| ◆ पद (Position / Title): | Engineering Management Post, Deputy Department Manager of Planning and Contract, Deputy Department Manager of Electromechanical and Material Management |
| ◆ रिक्त संख्या (Vacancies): | 3 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/०५ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०७/११ |
◆ संक्षिप्त जानकारी (Summary):
मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्ट तथा व्यवस्थापनका ३ पदका लागि आवेदन माग गरेको छ ।
मनाङ जिल्लाको नासों र चामे गाउँपालिकामा निर्माण भइरहेको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि दक्ष र प्राविधिक जनशक्तिको आवश्यकता परेकोले मनाङ मर्स्याङ्दी हाइड्रोपावर क. प्रा. लि. ले सूचना प्रकाशित गरेको छ। इच्छुक योग्य उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३/०७/०५ ले ७ दिनभित्र कम्पनीको तोकिएको ठेगानामा आवेदन दिनुपर्नेछ।
कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्ट पोस्टका लागि १ जना, डेपुटी डिपार्टमेन्ट म्यानेजर (प्लानिङ एण्ड कन्ट्र्याक्ट) का लागि १ जना र डेपुटी डिपार्टमेन्ट म्यानेजर (इलेक्ट्रोमेकानिकल एण्ड मेटेरियल म्यानेजमेन्ट) का लागि १ जना गरी कुल ३ कर्मचारी माग गरेको हो। इन्जिनियरिङ म्यानेजमेन्ट र इलेक्ट्रोमेकानिकल पदका लागि इन्जिनियरिङमा स्नातक वा एसोसिएट डिग्री र कम्तीमा १ वर्षको अनुभव आवश्यक पर्नेछ। डेपुटी डिपार्टमेन्ट म्यानेजर (प्लानिङ एण्ड कन्ट्र्याक्ट) को हकमा स्नातक वा एसोसिएट डिग्री र २ वर्षको कार्य अनुभव अनिवार्य गरिएको छ। चिनियाँ र अंग्रेजी भाषामा पोख्त उम्मेदवारलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
कार्यस्थल काठमाडौँ तथा आयोजना स्थल रहनेछ भने कार्य अवधि १ वर्षको हुनेछ। तलब स्केल आपसी सहमतिमा तय गरिनेछ। आवेदन दिनका लागि सम्बन्धित कागजातहरू सहित सानेपा-०२, ललितपुरस्थित कार्यालयमा सम्पर्क गर्न वा [email protected] मार्फत आवेदन पठाउन सकिनेछ।
थप सुचनामा:


