ओल्गापुरी सोसल इन्टरप्राइजद्वारा विभिन्न ४ विषयमा निःशुल्क आवासीय सीपमूलक तालिमका लागि दरखास्त आह्वान

feature 1793010405410 https://bajarkochirfar.com/government-scheme/olgapuri-social-enterprise-announces-free-vocational-training-in-multiple-technical-trades/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Olgapuri Social Enterprise
◆ पद (Position / Title):Assistant Plumber, Building Electrician, Assistant Welder, Furniture Maker
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ कार्तिक ११ गते

◆ संक्षिप्त जानकारी (Summary):

ओल्गापुरी सोसल इन्टरप्राइजले बेरोजगार तथा अवसरबाट वञ्चित युवाहरूका लागि विभिन्न प्राविधिक विषयमा निःशुल्क आवासीय तालिम प्रदान गर्ने भएको छ।

ओल्गापुरी सोसल इन्टरप्राइजले नेपाल युथ फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा बेरोजगार तथा अवसरबाट वञ्चित युवाहरूलाई लक्षित गरी निःशुल्क आवासीय सीपमूलक तालिम सञ्चालन गर्ने घोषणा गरेको छ। यस कार्यक्रम अन्तर्गत रोजगारको अवसर खोजिरहेका योग्य युवाहरूलाई विभिन्न चारवटा प्राविधिक विधामा तालिम दिइनेछ।

तालिमका विषयहरूमा सहायक प्लम्बर (४ महिना), बिल्डिङ इलेक्ट्रिसियन (४ महिना), सहायक वेल्डर (४ महिना) र फर्निचर मेकर (६ महिना) रहेका छन्। यी सबै तालिमहरूमा ३ महिनाको संस्थागत तालिम र बाँकी अवधि कार्यस्थलमा आधारित अभ्यास (OJT) समावेश गरिएको छ। तालिमका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा ५ उत्तीर्ण हुनुपर्नेछ भने उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ।

छनोट प्रक्रियाअन्तर्गत अन्तर्वार्ताको आधारमा प्रशिक्षार्थी छानिनेछन्। यसमा सीमान्तकृत, बेरोजगार, विपन्न तथा उच्च शिक्षाबाट वञ्चित युवाहरूलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ। इच्छुक उम्मेदवारहरूले २०८३ कार्तिक ११ गते बुधबारसम्म आवेदन दर्ता गरिसक्नुपर्नेछ। तालिम २०८३ मंसिर २ गतेदेखि सुरु हुने कार्यतालिका रहेको छ। आवेदनका लागि ललितपुर महानगरपालिका-२२, चुनिखेल, बुङ्गमतीस्थित ओल्गापुरी भोकेसनल स्कूलमा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

ओल्गापुरी सोसल इन्टरप्राइजद्वारा विभिन्न ४ विषयमा निःशुल्क आवासीय सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

फिल्म बनाउन सरकारले अनुदान दिने, २१ दिनभित्र आवेदन दिनुपर्ने

Deadline : Refer to Notice
View Details →

Organization

पोखरामा निःशुल्क सीपमूलक तालिमको अवसर, यसरी दिन सकिन्छ आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

भारतीय दूतावास काठमाडौंले महात्मा गान्धी र स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन खुला गर्यो

Deadline : Refer to Notice
View Details →

Organization

कटहरी गाउँपालिकामा निःशुल्क कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन तालिमको लागि आवेदन खुल्यो

Deadline : Refer to Notice
View Details →

Organization

ललितपुरमा ४ महिने ग्राफिक डिजाइन तालिममा आवेदन खुल्यो, कसरी दिने आवेदन?

Deadline : Refer to Notice
View Details →

Organization

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले १५ वटा निःशुल्क सीपमूलक तालिम दिँदै

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स