रसुवा अस्पतालद्वारा विभिन्न ७ पदका लागि ९ जना कर्मचारी माग

feature 1793340259089 https://bajarkochirfar.com/government-job/rasuwa-hospital-announces-vacancies-for-medical-officer-staff-nurse-and-other-positions/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Rasuwa Hospital
◆ पद (Position / Title):Medical Officer, Dental Surgeon, Staff Nurse, Biomedical Technician, ANM, Assistant Computer Operator, Sweeper/Office Assistant
◆ रिक्त संख्या (Vacancies):9
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०७/१३
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०७/२७

◆ संक्षिप्त जानकारी (Summary):

बागमती प्रदेश सरकार अन्तर्गत रसुवा अस्पतालले करार सेवामा विभिन्न स्वास्थ्य तथा प्रशासनिक पदका लागि ९ जना कर्मचारी पदपूर्तिका निम्ति दरखास्त आह्वान गरेको छ।

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहत रहेको रसुवा अस्पतालले रिक्त रहेका पदहरूमा सेवा करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालको स्वीकृत दरबन्दीमा लोक सेवा आयोगबाट सिफारिस भई नआएसम्म वा स्थायी कर्मचारी खटिई नआएसम्मका लागि योग्य नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन माग गरिएको हो।

विज्ञापन अनुसार आठौं तहको मेडिकल अधिकृत २ जना र डेन्टल सर्जन १ जना, पाँचौं तहको स्टाफ नर्स २ जना र बायोमेडिकल टेक्निसियन १ जना, चौथो तहको अ.हे.ब. १ जना र सहायक कम्प्युटर अपरेटर १ जना तथा श्रेणीविहीन स्वीपर/कार्यालय सहयोगी १ जना गरी कुल ९ जना कर्मचारी माग गरिएको छ। यी पदहरूका लागि प्रदेश निजामती सेवा नियमावली, २०८१ बागमती प्रदेश सरकार अनुसारको शैक्षिक योग्यता हुनुपर्नेछ।

दरखास्त फारम अस्पतालको वेबसाइट वा तोकिएको गुगल ड्राइभ लिंकबाट डाउनलोड गर्न सकिनेछ। फारम भरी आवश्यक कागजात तथा राजस्व बुझाएको भौचरसहित अस्पतालको प्रशासन शाखामा बुझाउन वा ईमेल [email protected] मार्फत स्क्यान कपी पठाउन सकिनेछ। दरखास्त दस्तुर आठौं तहका लागि रु. १,२००, पाँचौं तहका लागि रु. ७०० र श्रेणीविहीनका लागि रु. ४०० तोकिएको छ। दस्तुर प्रदेश राजस्व खातामा कार्यालय कोड नं. ३५००१२८०१३ र राजस्व शीर्षक नं. १४२२४ मा नेपाल बैंक लिमिटेडको राजस्व खाता नं. २७२०२०००००१००१०००००१ मा जम्मा गर्नुपर्नेछ। छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुनेछ।

थप सुचनामा:

रसुवा अस्पतालद्वारा विभिन्न ७ पदका लागि ९ जना कर्मचारी माग

Related Opportunities

होमपेजबिज शर्ट्स