■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Suryodaya Womi Laghubitta Bittiya Sanstha Limited |
| ◆ पद (Position / Title): | Senior Officer (IT), Senior Assistant (Branch Manager), Assistant First, Assistant Second |
| ◆ रिक्त संख्या (Vacancies): | Few |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/१३ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ मंसिर ११ |
◆ संक्षिप्त जानकारी (Summary):
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक प्रथम र सहायक द्वितीय पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। संस्थाले वरिष्ठ अधिकृत (सूचना प्रविधि) पदका लागि १ जना तथा वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक ‘प्रथम’ र सहायक ‘द्वितीय’ पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो। इच्छुक उम्मेदवारले २०८३ मंसिर ११ गतेभित्र आवेदन पेश गरिसक्नुपर्नेछ।
शैक्षिक योग्यता तथा अनुभवतर्फ, वरिष्ठ अधिकृत (सूचना प्रविधि) पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम २ वर्षको अनुभव हुनुपर्नेछ। वरिष्ठ सहायक (शाखा प्रमुख) पदका लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा १ वर्ष वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा २ वर्षको कार्यअनुभव आवश्यक पर्नेछ। सहायक ‘प्रथम’ पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा १ वर्ष वा एस.एल.सी. उत्तीर्ण गरी कम्तिमा ३ वर्षको अनुभव हुनुपर्नेछ। त्यस्तै सहायक ‘द्वितीय’ पदका लागि एस.एल.सी./एस.ई.ई. (न्यूनतम १.६ जीपिए) उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ। मोटरसाइकल वा स्कुटरको सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ।
उमेरको हकमा आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। दरखास्त दस्तुर सहायक श्रेणीका लागि रु. ५०० र अधिकृत श्रेणीका लागि रु. ८०० तोकिएको छ, जुन गरिमा विकास बैंक, स्याङ्जाको खाता नं. ००५००१०००५५५६६०००००२ मा जम्मा गरी भौचर आवेदन फारमसँगै [email protected] मार्फत पठाउनुपर्नेछ। परीक्षाको किसिम अन्तर्वार्ता हुनेछ।
थप सुचनामा:


