■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | KFA Consulting Pvt. Ltd. |
| ◆ पद (Position / Title): | Life Insurance Sales Officer |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | Not specified |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आधिकारिक कर्पोरेट एजेन्ट केएफए कन्सल्टिङले लाइफ इन्स्योरेन्स सेल्स अफिसर पदका लागि दरखास्त मागेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक कर्पोरेट एजेन्ट रहेको केएफए कन्सल्टिङ प्रालिले लाइफ इन्स्योरेन्स सेल्स अफिसर पदमा जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ। व्यावसायिक विस्तार तथा जीवन बीमा पोर्टफोलियो वृद्धि गर्ने उद्देश्यका साथ संस्थाले यस पदका लागि आवेदन खुला गरेको हो।
यस पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले व्यवस्थापन, व्यवसाय, मार्केटिङ वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, बीमा व्यवसाय (विशेष गरी जीवन बीमा) मा अनुभव भएका, स्वतन्त्र रूपमा व्यवसाय प्रवर्द्धन गर्न सक्ने, बलियो सञ्चार तथा वार्तालाप क्षमता भएका र सवारी चालक अनुमतिपत्र प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। ग्राहक नेटवर्क तथा व्यवसाय विकासमा प्रमाणित ट्रयाक रेकर्ड भएका उम्मेदवारलाई अतिरिक्त ग्राह्यता दिइने जनाइएको छ।
छनोट भएका कर्मचारीले नयाँ जीवन बीमा व्यवसाय प्रवर्द्धन गर्ने, तोकिएको बिक्री लक्ष्य पूरा गर्ने, ग्राहकहरूसँग सम्बन्ध विस्तार गर्ने तथा आवश्यकता अनुसार बीमा योजनाहरू सिफारिस गर्ने मुख्य जिम्मेवारी बहन गर्नुपर्नेछ। संस्थाले कार्यसम्पादनमा आधारित प्रोत्साहन सुविधा सहित प्रतिस्पर्धी पारिश्रमिक तथा करियर विकासका अवसर प्रदान गर्ने उल्लेख गरेको छ। इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो अद्यावधिक बायोडाटा (CV) [email protected] मार्फत पठाउन सक्नेछन्।
थप सुचनामा:


