■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Social Development and Research Center (SDRC) |
| ◆ पद (Position / Title): | Admin and Finance Officer, Technical Officer, Program Officer, and Procurement Assistant |
| ◆ रिक्त संख्या (Vacancies): | 4 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/१२ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०७/१८ |
◆ संक्षिप्त जानकारी (Summary):
सामाजिक विकास र अनुसन्धान केन्द्रले धनुषा जिल्लाका लागि विभिन्न ४ पदमा कर्मचारी पदपूर्तिका निम्ति दरखास्त आह्वान गरेको छ।
सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC) ले धनुषा जिल्लामा सञ्चालित परियोजना तथा आगामी परियोजनाको रोष्टरका लागि विभिन्न ४ पदमा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक तथा न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले २०८३ कात्तिक १८ गते (4th November 2026) साँझ ५:०० बजेभित्र आवेदन पेश गर्न सक्नेछन्।
सूचना अनुसार Admin and Finance Officer (AFO) पदका लागि लेखा, वित्त, व्यवसाय प्रशासन वा व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी ३ वर्षको सान्दर्भिक कार्य अनुभव मागिएको छ। Technical Officer पदका लागि सिभिल इन्जिनियरिङमा स्नातक गरी १ वर्षको अनुभव वा डिप्लोमासहित स्नातक पूरा गरी ५ वर्षको कार्य अनुभव हुनुपर्नेछ। यसैगरी रोष्टरका लागि Program Officer पदमा शिक्षा, सामाजिक विज्ञान, जनस्वास्थ्य, समाजशास्त्र वा सामाजिक कार्यमा स्नातक गरी २ देखि ३ वर्षको अनुभव तथा Procurement Assistant (PA) पदमा प्रमाणपत्र तह (+२) वा व्यवस्थापन/खरिद व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरी २ वर्षको अनुभव आवश्यक पर्ने उल्लेख छ।
१८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (Biodata/CV) र निवेदन (Cover letter) सहित संस्थाको कार्यालयमा स्वयं उपस्थित भएर वा इमेल ([email protected]) मार्फत दरखास्त पेश गर्न सक्नेछन्। प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र परीक्षा प्रक्रियामा समावेश गरिने संस्थाले जनाएको छ।
थप सुचनामा:


