■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Office of the Prime Minister and Council of Ministers |
| ◆ पद (Position / Title): | Chief Technology Expert, Project Manager, Sector Heads, System Analyst, Senior Developer, System/Network/Database Administrator |
| ◆ रिक्त संख्या (Vacancies): | 42 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/२९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०७/१८ |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका लागि १७ जना दक्ष जनशक्तिको माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न १५ पदमा ४२ जना विज्ञ तथा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सरकारी निकायका लागि सफ्टवेयर प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारसम्बन्धी कार्य सञ्चालन गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
केन्द्रले २०८३ असोज २९ गते सूचना प्रकाशित गर्दै सूचना प्रविधिसम्बन्धी शैक्षिक योग्यता भएका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ। पदअनुसार मासिक पारिश्रमिक ४० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ।
सूचनाअनुसार सबैभन्दा बढी पारिश्रमिक प्रमुख प्रविधि विज्ञ पदका लागि तोकिएको छ। उक्त पदमा एक जना नियुक्त गरिनेछ र मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ। यस पदका लागि सूचना प्रविधिसँग सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
त्यस्तै, प्रोजेक्ट म्यानेजर पदमा दुई जना, सेक्टर प्रमुख (प्रोजेक्ट तथा बिजनेस एनालिसिस), सेक्टर प्रमुख (सफ्टवेयर इन्जिनियरिङ), सेक्टर प्रमुख (क्वालिटी एनालिसिस) र सेक्टर प्रमुख (इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स) पदमा एक/एक जना माग गरिएको छ। यी पदका लागि मासिक २ लाख रुपैयाँ पारिश्रमिक तोकिएको छ।
सिस्टम एनालिस्ट पदमा चार जना र सिनियर डेभलपर पदमा तीन जना आवश्यक रहेको सूचनामा उल्लेख छ। दुवै पदका लागि मासिक १ लाख ६० हजारदेखि १ लाख ४० हजार रुपैयाँसम्म पारिश्रमिक निर्धारण गरिएको छ। त्यस्तै, सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटर पदमा दुई जना र मध्यम तहका डेभलपर पदमा १५ जना माग गरिएको छ। मध्यम तहका डेभलपरले मासिक १ लाख २५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।
केन्द्रले साइबर सुरक्षा विज्ञ पदमा दुई जना, क्वालिटी एनालिस्ट (क्यूए) पदमा दुई जना, यूआई/यूएक्स डिजाइनर पदमा दुई जना, जुनियर डेभलपर पदमा तीन जना र टेक सपोर्ट पदमा दुई जना कर्मचारी माग गरेको छ। यी पदका लागि मासिक पारिश्रमिक क्रमशः १ लाख १० हजार, ९० हजार, ९० हजार, ४८ हजार र ४० हजार रुपैयाँ तोकिएको छ।
सूचना प्रविधिसम्बन्धी शैक्षिक योग्यता अनिवार्य
सूचनाअनुसार आवेदन दिने उम्मेदवारले सूचना प्रविधिसँग सम्बन्धित विषयमा सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। अधिकांश पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ भने प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजर पदका लागि स्नातकोत्तर तहको योग्यता आवश्यक छ।
पदअनुसार सफ्टवेयर विकास, प्रोजेक्ट व्यवस्थापन, सिस्टम डिजाइन, डाटाबेस व्यवस्थापन, साइबर सुरक्षा, सफ्टवेयर परीक्षण, यूआई/यूएक्स डिजाइन, नेटवर्क व्यवस्थापन तथा प्राविधिक सहयोगसम्बन्धी सीप र दक्षता आवश्यक पर्नेछ।
कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०८३ कात्तिक १८ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको आधिकारिक वेबसाइट www.sdoc.gov.np मा उपलब्ध अनलाइन आवेदन प्रणालीमार्फत पेस गर्नुपर्नेछ।
आवेदनसँगै अद्यावधिक वैयक्तिक विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित कार्य अनुभवको प्रमाणपत्र पेस गर्नुपर्नेछ।
उम्मेदवार छनोट गर्दा क्रमसंख्या १ देखि ६ सम्मका पदका लागि शैक्षिक योग्यता तथा कार्य अनुभव, प्रस्तुतिकरण र अन्तर्वार्तालाई आधार बनाइनेछ। त्यस्तै, क्रमसंख्या ७ देखि १५ सम्मका पदका लागि शैक्षिक योग्यता तथा कार्य अनुभव, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत छनोट गरिनेछ।
नियुक्त हुने विज्ञहरूको पारिश्रमिक, सेवा सुविधा तथा करारसम्बन्धी अन्य व्यवस्था सफ्टवेयर विकास तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०८३ तथा सोको अधीनमा रही गरिने करार सम्झौताबमोजिम हुने केन्द्रले जनाएको छ।
थप जानकारीका लागि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र, सिंहदरबार, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ। केन्द्रको इमेल ठेगाना [email protected] र सम्पर्क नम्बर ९८५१४३५२०७ रहेको छ।
थप सुचनामा:


