■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nepal Tourism Board |
| ◆ पद (Position / Title): | Chief Executive Officer (CEO) |
| ◆ रिक्त संख्या (Vacancies): | 1 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/२६ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | सूचना प्रकाशित मितिले १० दिनभित्र |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल पर्यटन बोर्डले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि कार्यकारी प्रमुख (सीईओ) पदमा दरखास्त माग गरेको छ।
नेपाल पर्यटन बोर्ड (NTB) ले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम रिक्त रहेको कार्यकारी प्रमुख (Chief Executive Officer, CEO) पद खुला प्रतिस्पर्धाद्वारा पूर्ति गर्नका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३/०५/२६ (११ सेप्टेम्बर २०२६) बाट १० (दश) दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको लगत्तै दिनको कार्यालय समयभित्र आवेदन दिन सकिनेछ।
यस पदका लागि आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने तथा पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारहरूले शैक्षिक योग्यता र अनुभवका कागजातहरू स्वयं प्रमाणित गरी बुझाउनुपर्नेछ। यसका साथै नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि तीन हजार शब्दमा नबढ्ने रणनीतिक कार्ययोजना (Strategic Action Plan), आफूले काम गरेको संस्था वा संगठनमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू समेटिएको एक हजार शब्दमा नबढ्ने प्रतिवेदन, कुनै सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेको भए विभागीय स्वीकृति पत्र, र कार्यकारी प्रमुख छनौट तथा नियुक्ति सिफारिस कार्यविधिबमोजिमको स्वघोषणा फारम पेश गर्नुपर्नेछ।
दरखास्त दस्तुरबापत नेपाल पर्यटन बोर्डको नाममा नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको खाता नं. ०१०१०१७५००३५३ मा रु. १५,०००/- जम्मा गरी सोको सक्कल बैंक भौचर संलग्न गर्नुपर्नेछ। दरखास्त कार्यकारी प्रमुखको सचिवालय, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा भौतिक रूपमा वा [email protected] मार्फत इमेल गरी बुझाउन सकिनेछ।
थप सुचनामा:


