■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Aarambha Chautari Laghubitta Bittiya Sanstha Ltd. |
| ◆ पद (Position / Title): | Officer, Junior Officer, Supervisor, Senior Assistant, Assistant |
| ◆ रिक्त संख्या (Vacancies): | Few |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/२० |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०८/०४ |
◆ संक्षिप्त जानकारी (Summary):
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत, सुपरभाइजर र सहायक स्तरका विभिन्न पदका लागि दरखास्त माग गरेको छ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्नका लागि विभिन्न पदहरूमा नयाँ कर्मचारी नियुक्ति गर्ने प्रक्रिया सुरु गरेको छ। संस्थाले राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्थाको रूपमा हाल नेपालका ७ प्रदेशका ५७ जिल्लामा १३४ वटा शाखा कार्यालयहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। रिक्त रहेका यी पदहरूमा योग्य र इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाइनमार्फत आवेदन माग गरिएको छ।
माग गरिएका पदहरूमा विज्ञापन नं. ०१/०८३/८४ अन्तर्गत अधिकृत/कनिष्ठ अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) रहेका छन्। यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा शाखा प्रवन्धकको रूपमा ५ वर्षको अनुभव आवश्यक पर्नेछ। विज्ञापन नं. ०२/०८३/८४ अन्तर्गत सुपरभाइजर/वरिष्ठ सहायक (शाखा प्रवन्धक) पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा ३ वर्षको अनुभव माग गरिएको छ। त्यस्तै, विज्ञापन नं. ०३/०८३/८४ अन्तर्गत सहायक (फिल्ड सहायक) पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्नेछ र दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइनेछ।
उमेर हदको हकमा अधिकृत तहका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक तहका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। सबै पदका लागि कम्प्युटर सञ्चालन सम्बन्धी आधारभूत ज्ञान अनिवार्य गरिएको छ। इच्छुक उम्मेदवारहरूले संस्थाको आधिकारिक वेबसाइट www.aarambhachautari.com को Career भित्र गई Apply Now मा क्लिक गरेर अनलाइन दरखास्त दिन सक्नेछन्।
थप सुचनामा:


