■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nepal Rastra Bank |
| ◆ पद (Position / Title): | Assistant Director, Assistant |
| ◆ रिक्त संख्या (Vacancies): | ६१(61) |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३ कार्तिक २७ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ मङ्सिर १७ (Double Fee till २०८३ मङ्सिर २४) |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल राष्ट्र बैंकले खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा पदपूर्तिका लागि सहायक निर्देशक र सहायक पदमा ६१ जना कर्मचारीको माग गरेको छ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले सहायक निर्देशक (प्रशासन, लेखा, वाणिज्य कानुन, सूचना प्रविधि) र सहायक पदका लागि योग्य नेपाली नागरिकहरूबाट विद्युतीय माध्यममार्फत आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारहरूले २०८३ कार्तिक २७ देखि निर्धारित अनलाइन फारम भरी आवेदन दिन सक्नेछन्।
विज्ञापन अनुसार सहायक निर्देशक (प्रशासन) का लागि २६ जना, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) का लागि ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) का लागि २ जना, सहायक निर्देशक (सूचना प्रविधि) का लागि ४ जना र सहायक (प्रशासन) का लागि २६ जनाको माग गरिएको छ। शैक्षिक योग्यताको हकमा सहायक निर्देशक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण र सहायक पदका लागि प्रमाणपत्र तह वा दश जोड दुई (१०+२) वा सो सरह उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ।
आवेदन दिने अन्तिम मिति २०८३ मङ्सिर १७ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी २०८३ मङ्सिर २४ गतेसम्म दरखास्त पेश गर्न सकिनेछ। दरखास्तका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति अपलोड गर्नुपर्नेछ। नेपाल बाहिरबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारको हकमा समकक्षता निर्धारणको प्रमाणपत्र समेत अनिवार्य गरिएको छ।
थप सुचनामा:


