केएफए कन्सल्टिङ प्रालिद्वारा सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

feature 1794723895620 https://bajarkochirfar.com/private-job/kfa-consulting-announces-vacancy-for-sales-officer/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):KFA Consulting Pvt. Ltd.
◆ पद (Position / Title):Sales Officer
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):Not specified

◆ संक्षिप्त जानकारी (Summary):

नेपाल लाइफ इन्स्योरेन्सको कर्पोरेट एजेन्ट केएफए कन्सल्टिङले सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक कर्पोरेट एजेन्ट रहेको केएफए कन्सल्टिङ प्रालिले सेल्स अफिसर पदका लागि योग्य तथा अनुभवी व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको छ। कम्पनीले आफ्नो जीवन बीमा व्यवसाय विस्तारका लागि उक्त पदमा दरखास्त माग गरेको हो।

यस पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले व्यवस्थापन, व्यवसाय, मार्केटिङ वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै व्यवसाय प्रवर्द्धन गर्ने क्षमता र बीमा व्यवसाय, विशेष गरी जीवन बीमा क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। उम्मेदवारसँग प्रभावकारी सञ्चार, समन्वय र नेटवर्किङ सीप हुनुका साथै वैध सवारी चालक अनुमतिपत्र र सवारी साधन चलाउन सक्ने क्षमता अनिवार्य गरिएको छ।

छनोट भएका उम्मेदवारलाई कार्यसम्पादनमा आधारित प्रोत्साहनसहित प्रतिस्पर्धात्मक पारिश्रमिक र व्यावसायिक वृद्धिको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ। इच्छुक उम्मेदवारले आफ्नो विवरण [email protected] मा इमेलमार्फत पठाउन सक्नेछन्।

थप सुचनामा:

केएफए कन्सल्टिङ प्रालिद्वारा सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

Related Opportunities

होमपेजबिज शर्ट्स