■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Guheswori Merchant Banking & Finance Ltd. |
| ◆ पद (Position / Title): | CFO, Assistant Manager, Officer Level, Branch Manager, Assistant Level, Marketing Representative |
| ◆ रिक्त संख्या (Vacancies): | Few |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | 15 days of publication |
◆ संक्षिप्त जानकारी (Summary):
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले व्यवस्थापन र सूचना प्रविधि क्षेत्रका विभिन्न पदहरूमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूका लागि विभिन्न ६ वटा तहमा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ। बैंकले मुख्य वित्त अधिकृत (CFO), सहायक प्रबन्धक, अधिकृत तह, शाखा प्रबन्धक, सहायक तह र बजार प्रतिनिधिको पदमा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।
शैक्षिक योग्यता र अनुभवतर्फ, मुख्य वित्त अधिकृतका लागि सीए वा एसीसीए वा सम्बन्धित विषयमा स्नातकोत्तर गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको अनुभव मागिएको छ। सहायक प्रबन्धकका लागि स्नातकोत्तर तह उत्तीर्ण गरी ३ वर्ष वा स्नातक गरी ५ वर्षको अनुभव आवश्यक पर्नेछ। अधिकृत र सहायक तहका लागि विभाग अनुसार लेखा, लेखापरीक्षण, कर्जा र सूचना प्रविधि क्षेत्रमा सम्बन्धित शैक्षिक योग्यता र अनुभव तोकिएको छ। बजार प्रतिनिधिको हकमा भने करार सेवा अन्तर्गत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि कर्मचारी माग गरिएको छ।
उमेर हदको हकमा प्रबन्धक र अधिकृत तहका लागि ३५ देखि ४५ वर्ष र सहायक तहका लागि ३५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो अद्यावधिक बायोडाटा (CV), शैक्षिक प्रमाणपत्रहरू र हालै खिचिएको फोटो सहित आवेदन दिनुपर्नेछ।
आवेदन प्रक्रियाका लागि बैंकको आधिकारिक वेबसाइट https://www.gmbf.com.np/careers मा गएर अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ। प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र छनोट प्रक्रियाका अन्य चरणहरूमा समावेश गरिने बैंकले जनाएको छ।
थप सुचनामा:


