■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | National Academy of Medical Sciences (NAMS), Bir Hospital |
| ◆ पद (Position / Title): | Psychosocial Counselor |
| ◆ रिक्त संख्या (Vacancies): | 2 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०८/०२ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ मङ्सिर ८ |
◆ संक्षिप्त जानकारी (Summary):
वीर अस्पतालले वैदेशिक रोजगार बोर्डको सचिवालयसँगको सम्झौता अन्तर्गत टेलिमेडिसिन सेन्टरका लागि २ जना मनोसामाजिक परामर्श दाता माग गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र वैदेशिक रोजगार बोर्डको सचिवालय बीच भएको सम्झौता बमोजिम सञ्चालित टेलिमेडिसिन सेन्टरका लागि सेवा करारमा कर्मचारी पदपूर्तिको सूचना प्रकाशित गरिएको छ। अस्पतालले रिक्त रहेको मनोसामाजिक परामर्श दाता पदमा २ जना जनशक्ति माग गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०८/०२) ले ७ दिनभित्र अर्थात् २०८३ मङ्सिर ८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।
यस पदका लागि न्यूनतम शैक्षिक योग्यता कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी मनोसामाजिक परामर्श सम्बन्धी १ वर्षको तालिम लिएको वा १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको छ। आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र (Transcript) तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित कार्य अनुभव तथा तालिमको प्रमाणपत्र र हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो संलग्न हुनुपर्नेछ। सबै प्रतिलिपिहरूमा उम्मेदवार आफैँले प्रमाणित गरेको हुनुपर्नेछ।
आवेदन दस्तुर ७०० रुपैयाँ तोकिएको छ भने उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ। छनोटको किसिम लिखित परीक्षा माध्यमबाट हुने र सफल उम्मेदवारहरूको योग्यताक्रम प्रकाशन गरी आवश्यकता अनुसार सेवा करारमा नियुक्ति गरिने अस्पतालले जनाएको छ। सम्पर्क मिति २०८३ मङ्सिर ९ गते तोकिएको छ। विस्तृत जानकारीका लागि अस्पतालको टेलिमेडिसिन सेन्टर वा प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:


