■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | पोखरा महानगरपालिका |
| ◆ पद (Position / Title): | नगर प्रहरी सहायक निरीक्षक, नगर प्रहरी जवान |
| ◆ रिक्त संख्या (Vacancies): | १८ जना |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/१२ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०६/२७ |
◆ संक्षिप्त जानकारी (Summary):
पोखरा महानगरपालिकाले सेवा करारमा पदपूर्ति गर्न १८ जना नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको छ।
पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले सेवा करारमा कर्मचारी पदपूर्ति गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। महानगरपालिकाको निर्णयअनुसार खुला तथा समावेशी समूह अन्तर्गत नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी जवान पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ।
माग गरिएको पदहरूमा विज्ञापन नं. ०१/०८३-८४ देखि ०३/०८३-८४ सम्म नगर प्रहरी सहायक निरीक्षकका लागि खुला र महिला र आ.ज. गरी जम्मा ४ जना माग गरिएको छ। यसैगरी विज्ञापन नं. ०४/०८३-८४ देखि ०८/०८३-८४ सम्म नगर प्रहरी जवानका लागि खुला, महिला, आ.ज., दलित र आर्थिक रूपमा विपन्न खस आर्य गरी जम्मा १४ जना माग गरिएको छ। नगर प्रहरी सहायक निरीक्षकको परीक्षा दस्तुर ५०० रुपैयाँ र जवानको ३०० रुपैयाँ तोकिएको छ। समावेशी समूहका लागि थप दस्तुर क्रमशः १५० र १०० रुपैयाँ लाग्नेछ।
इच्छुक उम्मेदवारले २०८३/०६/१२ गतेदेखि २०८३/०६/२७ गतेसम्म कार्यालय समयभित्र दरखास्त पेश गर्नुपर्नेछ। दरखास्त फाराम महानगरपालिकाको वेबसाइट www.pokharamun.gov.np बाट डाउनलोड गर्न सकिनेछ। दरखास्तका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र, अनुभवको प्रमाणपत्र (भएमा), ३ प्रति पासपोर्ट साइजको फोटो र आवश्यक अन्य कागजातहरू संलग्न हुनुपर्नेछ। परीक्षाको किसिममा शारीरिक तन्दुरुस्ती, विस्तृत स्वास्थ्य परीक्षण, लिखित र अन्तर्वार्ता हुने सूचनामा जनाइएको छ।
थप सुचनामा:


