बुटवल उपमहानगरले माग्यो निःशुल्क तालिमका लागि आवेदन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

feature 1790580687659 https://bajarkochirfar.com/government-scheme/butwal-sub-metropolitan-city-has-asked-for-applications-for-free-training-until-when-can-applications-be-submitted/ | %tags
Scheme Details
Department Government Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name): Butwal Sub-Metropolitan City
◆ पद (Position / Title): Skill Development and Livelihood Training Participants
◆ रिक्त संख्या (Vacancies): Not specified
◆ आवेदन खुल्ने मिति (Open Date): Not specified
◆ आवेदन दिने अन्तिम मिति (Close Date): २०८३/०६/१४

◆ संक्षिप्त जानकारी (Summary):

बुटवल उपमहानगरपालिकाले प्लास्टिक फोहोरको चक्रीय व्यवस्थापन परियोजना अन्तर्गत सञ्चालन हुने निःशुल्क सीप विकास तालिमका लागि आवेदन आह्वान गरेको छ।

बुटवल उपमहानगरपालिकाको नगरकार्यपालिकाको कार्यालयले यूएनडीपी नेपाल र बुटवल उपमहानगरपालिकाको सहकार्य तथा टिसिसिएफको सहयोगमा सञ्चालित प्लास्टिक फोहोरको चक्रीय व्यवस्थापन परियोजना अन्तर्गत २ दिने निःशुल्क तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको छ। एकिकृत शहरी विकास केन्द्र (CIUD) मार्फत सञ्चालन हुने उक्त तालिम असोज १५ देखि असोज १८, २०८३ सम्म दुई चरणमा आयोजना गरिनेछ। पहिलो चरणको तालिम असोज १५ र १६ गते तथा दोस्रो चरणको तालिम असोज १७ र १८ गते सञ्चालन हुने जनाइएको छ।

उक्त तालिम ‘प्लास्टिक पुनर्चक्रण (Recycling) र पुनःउपयोग मार्फत उपचक्रण (Upcycling) व्यवसायमा आधारित जीविकोपार्जनको अवसर सम्बन्धी तालिम’ विषयमा केन्द्रित रहनेछ। तालिममा सहभागी हुनका लागि फोहोरमैला तथा प्लास्टिकजन्य फोहोर सम्बन्धी कार्य गरिरहेको, अनुभव भएको वा आफ्नै लघु तथा घरेलु व्यवसाय सञ्चालन गरिरहेका वा गर्न निश्चित गरेका व्यक्तिहरू योग्य हुनेछन्। साथै, फोहोरमैला व्यवस्थापन कार्य गर्न इच्छुक बेरोजगार युवाहरू (दलित, जनजाति, महिला तथा आर्थिक रूपले विपन्न) लाई विशेष प्रोत्साहन गरिने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारको उमेर न्यूनतम १८ वर्ष पूरा भएको हुनुपर्नेछ भने सामान्य लेखपढ गर्न सक्ने र माध्यमिक तहको शिक्षा अध्ययन गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। योग्यता पुगेका इच्छुक आवेदकहरूले नेपाली नागरिकताको प्रतिलिपि र १ प्रति सानो साइजको फोटोसहित २०८३ असोज १४ गते कार्यालय समयभित्र बुटवल उपमहानगरपालिकाको सरसफाई तथा फोहोर व्यवस्थापन शाखामा आवेदन बुझाउनुपर्नेछ। थप जानकारीका लागि [email protected] वा ह्वाट्सएप नम्बर ९८४१५१९८३६, ९८४७०५०५१३ मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

बुटवल उपमहानगरपालिकाद्वारा जीविकोपार्जन तथा उद्यमशीलता सीप विकास तालिमका लागि दरखास्त आह्वान

825279244 1526044006222976 4487081644807531865 n https://bajarkochirfar.com/government-scheme/butwal-sub-metropolitan-city-has-asked-for-applications-for-free-training-until-when-can-applications-be-submitted/ | %tags

Related Opportunities

Organization

साना उद्यमीले पाउने भए १ हजार डलरसम्मको सिड अनुदान, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

गण्डकी प्रदेश सरकारद्वारा विभिन्न १३ विधामा निःशुल्क सीप विकास तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा ‘एआई फण्डामेन्टल्स’ अनलाइन तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीहरूका लागि विद्युतीय चुलो माग संकलन

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय फलफूल बाली विकास केन्द्रद्वारा पुष्प नर्सरी लक्षित ३ दिने तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स