हुवासिन सिमेन्टले माग्यो विभिन्न २६ पदमा दक्ष जनशक्ति

feature 1790754316898 https://bajarkochirfar.com/private-job/huaxin-cement-seeks-skilled-manpower-for-26-different-positions/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Huaxin Cement Narayani Pvt. Ltd.
◆ पद (Position / Title):Various Technical and Administrative Positions
◆ रिक्त संख्या (Vacancies):33
◆ आवेदन खुल्ने मिति (Open Date):२०८१/०६/१४
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८१/०६/२१

◆ संक्षिप्त जानकारी (Summary):

हुवासिन सिमेन्टले धादिङस्थित आफ्नो उद्योगका लागि विभिन्न २६ विधाका प्राविधिक तथा दक्ष कर्मचारीहरू माग गरेको छ।

हुवासिन सिमेन्ट नारायणी प्रा. लि. ले धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं २, तल्लीमा निर्माण भइरहेको सिमेन्ट उद्योगका लागि ठूलो संख्यामा प्राविधिक तथा दक्ष जनशक्ति माग गरेको छ। कम्पनीले सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्र इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।

माग गरिएका पदहरूमा IT and Automation Engineer, Mechanical Maintenance Engineer, GM Assistant, Electrical Technician, Process Engineer, Kiln Operator, Shift Leader, Mechanical Maintenance Management, Mechanician, Safety Management, Kiln Inspector, Quality Controller, Electrical Director र Administrative Officer लगायत २६ विभिन्न पदहरू रहेका छन्। अधिकांश पदहरूका लागि सम्बन्धित क्षेत्रमा ४ देखि ८ वर्षसम्मको कार्य अनुभव माग गरिएको छ।

योग्यताको हकमा इन्जिनियरिङमा स्नातक (BE), कलेज डिग्री, डिप्लोमा, इन्टरमिडिएट तह र सामान्य लेखपढ गर्न जान्ने सम्मका लागि अवसर रहेको छ। सबै पदका लागि चिनियाँ तथा अंग्रेजी भाषाको राम्रो ज्ञान भएको उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

आवेदन दिन इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा र सम्बन्धित कागजातहरू सहित धादिङस्थित उद्योग निर्माण स्थल वा काठमाडौंको वडा नं ३ स्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। साथै, [email protected] मा इमेल मार्फत पनि आवेदन दिन सकिनेछ। कार्य अवधि १ वर्षको रहने र तलब आपसी सहमतिमा तय गरिने जनाइएको छ।

थप सुचनामा:

हुवासिन सिमेन्ट नारायणी प्रा. लि. द्वारा ३८ पदका लागि दरखास्त आह्वान

होमपेजबिज शर्ट्स