सूर्योदय वोमी लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

feature 1790753772186 https://bajarkochirfar.com/private-job/suryodaya-bomi-laghubitta-seeks-deputy-chief-executive-officer/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Suryodaya Womi Laghubitta Bittiya Sanstha Limited
◆ पद (Position / Title):Deputy Chief Executive Officer (DCEO)
◆ रिक्त संख्या (Vacancies):१ (एक)
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०६/१४
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ कार्तिक १३

◆ संक्षिप्त जानकारी (Summary):

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (DCEO) पदका लागि १ जना योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको छ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत (DCEO) पदमा खुला प्रतिस्पर्धाद्वारा करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। यस पदका लागि संस्थाले योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। आवेदन दिने अन्तिम मिति २०८३ कार्तिक १३ गते सम्म तोकिएको छ।

शैक्षिक योग्यताका हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी लघुवित्त वा बैंक/वित्तीय संस्थाको व्यवस्थापकीय तहमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ। अथवा, स्नातक तह उत्तीर्ण गरी लघुवित्त वा बैंक/वित्तीय संस्थाको व्यवस्थापकीय तहमा ७ वर्षको अनुभव भएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्। चार्टर्ड एकाउन्टेन्सी विषय अध्ययन गरेकालाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ। आवेदन दिने अन्तिम मितिमा आवेदकको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले संस्थाको इमेल ठेगाना [email protected] मार्फत आफ्नो आवेदन पेस गर्नुपर्नेछ। छनौट प्रक्रियामा प्रारम्भिक सूची (Short-list) तयार गरिनेछ र त्यसपछि व्यावसायिक कार्ययोजना तथा रणनीतिको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइनेछ। नियुक्तिको किसिम करार सेवा अन्तर्गत ३ वर्षका लागि हुनेछ र आवश्यकता अनुसार करार नवीकरण गर्न सकिने व्यवस्था छ।

पारिश्रमिक तथा सेवाका सर्त सुविधाहरू संस्थाको नियमानुसार हुनेछ। छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइनेछ। यस विज्ञापन सम्बन्धी थप जानकारीका लागि महालक्ष्मी नगरपालिका-४, ललितपुरस्थित संस्थाको कर्पोरेट कार्यालयमा वा फोन नम्बर ०१-५९१२७५२ मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

होमपेजबिज शर्ट्स