वैकल्पिक विकास वित्त कोषको सीईओ पदमा जागिर खुल्यो

feature 1790907025631 https://bajarkochirfar.com/private-job/job-opening-for-ceo-of-alternative-development-finance-fund/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Alternative Development Finance Fund
◆ पद (Position / Title):Chief Executive Officer (CEO)
◆ रिक्त संख्या (Vacancies):1
◆ आवेदन खुल्ने मिति (Open Date):2026/10/02
◆ आवेदन दिने अन्तिम मिति (Close Date):2026/10/15

◆ संक्षिप्त जानकारी (Summary):

अर्थ मन्त्रालयअन्तर्गतको वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ।

अर्थ मन्त्रालयअन्तर्गत वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ को दफा १९ (४) बमोजिम वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ। यो सूचना पहिलोपटक मिति २०२६/१०/०२ मा प्रकाशित गरिएको हो।

उक्त पदका लागि उम्मेदवार नेपाली नागरिक, विदेशी नागरिक वा विदेशमा स्थायी बसोबास अनुमति प्राप्त व्यक्ति हुनुपर्नेछ भने आवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्तीय विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पूर्वाधार, आयोजना निर्माण तथा विकास, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा व्यवस्थापकीय तहमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले तोकिएका शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरू, पासपोर्ट साइजका दुई प्रति फोटो, स्वघोषणा फाराम र ५,००० शब्द नबढ्ने गरी नेपाली वा अंग्रेजी भाषामा तयार गरिएको व्यावसायिक रणनीति तथा कार्ययोजना (तीन प्रति र प्रस्तुतीकरणसहित) पेस गर्नुपर्नेछ। दरखास्त फाराम तथा सम्पूर्ण सिलबन्दी कागजातहरू सूचना प्रकाशित भएको मितिले १४ दिनभित्र (अर्थात् मिति २०२६/१०/१५ भित्र) अर्थ मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र बुझाउनुपर्नेछ। यससम्बन्धी थप विवरण मन्त्रालयको वेबसाइट mof.gov.np मा हेर्न सकिनेछ।

थप सुचनामा:

वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान

होमपेजबिज शर्ट्स