गुराँस लघुवित्तमा खुल्यो विभिन्न पदमा जागिर, +२ पास भएकाले आवेदन दिन पाउने

feature 1791098446820 https://bajarkochirfar.com/private-job/gurans-microfinance-has-opened-various-job-openings-2-pass-holders-can-apply/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Gurans Laghubitta Bittiya Sanstha Ltd.
◆ पद (Position / Title):Senior Assistant, Assistant, Junior Assistant, Junior Assistant Trainee
◆ रिक्त संख्या (Vacancies):Few
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०६/१८
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ कार्तिक ११

◆ संक्षिप्त जानकारी (Summary):

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थी पदहरूमा दरखास्त आह्वान गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त कोशी प्रदेशस्तरीय गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूका लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ। संस्थाले रिक्त रहेका वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदहरूमा केही संख्यामा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् २०८३ कार्तिक ११ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

शैक्षिक योग्यता र अनुभवतर्फ वरिष्ठ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट १०+२ वा सो सरह उत्तीर्ण भई लघुवित्त क्षेत्रमा एक तह मुनिको पदमा कम्तीमा ३ वर्षको कार्यअनुभव वा हाल वरिष्ठ सहायक पदमा कार्यरत हुनुपर्नेछ। सहायक पदका लागि १०+२ उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा एक तह मुनिको पदमा कम्तीमा ३ वर्षको कार्यअनुभव वा हाल सहायक पदमा कार्यरत हुनुपर्नेछ। कनिष्ठ सहायक पदका लागि १०+२ उत्तीर्ण तथा लघुवित्त क्षेत्रमा कनिष्ठ सहायक पदमा कम्तीमा १ वर्षको कार्यअनुभव माग गरिएको छ। यस्तै कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट १०+२ वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ।

उमेरको हद दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ। परीक्षा दस्तुर लाग्ने छैन। छनोट प्रक्रियामा अन्तर्वार्ता तथा कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि फिल्ड अवधारणा समावेश गरिएको छ।

दरखास्त फाराम संस्थाको वेबसाइट glbsl.com.np को career भित्र रहेको Application Form डाउनलोड गरी प्राप्त गर्न सकिनेछ। फाराम भरी नागरिकता, शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्र र सवारी चालक अनुमति पत्रको प्रतिलिपिसहित एउटै PDF फाइल बनाएर वेबसाइटको Apply for a job मार्फत वा [email protected] मा इमेल गरी पठाउन सकिनेछ।

थप सुचनामा:

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

होमपेजबिज शर्ट्स