सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न सात पदका लागि कर्मचारी, प्लस टु पास भएकाले पनि आवेदन दिन पाउने

feature 1789721313587 https://bajarkochirfar.com/private-job/saptakoshi-development-bank-seeks-employees-for-seven-different-positions-plus-two-passers-can-also-apply/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Saptakoshi Development Bank Ltd.
◆ पद (Position / Title):Information Security Officer, IT Staff, Branch Managers, Legal Officer, RM/Risk Officer, Gold Tester, Tr. Assistant
◆ रिक्त संख्या (Vacancies):Few
◆ आवेदन खुल्ने मिति (Open Date):19.05.2083
◆ आवेदन दिने अन्तिम मिति (Close Date):15 days from 19.05.2083

◆ संक्षिप्त जानकारी (Summary):

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा तथा कर्पोरेट कार्यालयका लागि अधिकृत, सहायक लगायत विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले प्रदेश १ अन्तर्गतका आफ्ना विभिन्न शाखा तथा विराटनगरस्थित कर्पोरेट कार्यालयका लागि आवश्यक विभिन्न पदहरूमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बैंकले सूचना सुरक्षा अधिकृत, शाखा प्रबन्धक, कानुन अधिकृत, सम्बन्ध प्रबन्धक, आईटी कर्मचारी, गोल्ड टेस्टर र प्रशिक्षार्थी सहायक पदहरूमा दरखास्त आह्वान गरेको हो।

माग गरिएका पदहरूमध्ये सूचना सुरक्षा अधिकृत तथा आईटी विभागका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा तोकिएको कार्यअनुभव हुनुपर्नेछ। शाखा प्रबन्धकका लागि न्यूनतम स्नातक र ४ वर्षको अनुभव, कानुन अधिकृतका लागि कानुनमा स्नातक सहित २ वर्षको अनुभव तथा सम्बन्ध प्रबन्धक/जोखिम अधिकृतका लागि व्यवस्थापनमा स्नातक र ३ वर्षको कार्यअनुभव माग गरिएको छ। यस्तै, गोल्ड टेस्टरका लागि प्लस टु उत्तीर्ण भई २ देखि ३ वर्षको अनुभव र प्रशिक्षार्थी सहायकका लागि न्यूनतम ४५ प्रतिशत अङ्क सहित प्लस टु उत्तीर्ण हुनुपर्नेछ।

उमेरको हदतर्फ विज्ञापन नम्बर १, २ र ३ का लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र विज्ञापन नम्बर ४, ५, ६ र ७ का लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारहरूको हकमा माथिल्लो उमेरको हदमा थप ५ वर्ष छुट हुने व्यवस्था रहेको छ। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुका साथै बायोडाटा, आवेदन पत्र र प्रमाणपत्रहरू इमेलमार्फत समेत पठाउन सक्नेछन्। विस्तृत जानकारी तलको

थप सुचनामा:

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडद्वारा विभिन्न सात पदका लागि कर्मचारी माग

Related Opportunities

Organization

पोखरा विश्वविद्यालयद्वारा चार संकायका लागि डीन पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

प्राइम कमर्सियल बैंकद्वारा कानुनी अधिकृत, चार्टर्ड एकाउन्टेन्ट सहित विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

पर्पल फाउन्डेशनद्वारा प्रशासन तथा वित्त अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडद्वारा क्रेडिट अफिसर र ब्रान्च म्यानेजर सहित विभिन्न पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

कान्तिपुर मिडिया ग्रुपद्वारा विभिन्न विधाका लागि प्रशिक्षार्थी पत्रकार माग

Deadline : Refer to Notice
View Details →

Annapurna Helicopters Pvt. Ltd

अन्नपूर्ण हेलिकप्टर्स प्रालिद्वारा विभिन्न प्राविधिक तथा प्रशासनिक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स