■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Kantipur Media Group |
| ◆ पद (Position / Title): | Trainee Journalist (प्रशिक्षार्थी पत्रकार) |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | Not specified |
◆ संक्षिप्त जानकारी (Summary):
कान्तिपुर मिडिया ग्रुपले आर्थिक, राजनीति, कला, शैली र सामाजिक विषयमा काम गर्न इच्छुक प्रशिक्षार्थी पत्रकारका लागि आवेदन आह्वान गरेको छ।
कान्तिपुर मिडिया ग्रुपले विभिन्न विधामा काम गर्न इच्छुक लगनशील प्रशिक्षार्थी पत्रकारहरूको आवश्यकता रहेको जनाउँदै आवेदन माग गरेको छ। आर्थिक, राजनीति, कला, शैली तथा सामाजिक विषयहरूमा काम गर्न रुचि भएका व्यक्तिहरूलाई प्रशिक्षार्थीका रूपमा छनोट गरिनेछ।
सूचना अनुसार नेपाली भाषामा समाचार तथा लेख लेख्न र अनुवाद गर्न सक्ने दक्षता भएका उम्मेदवारहरूलाई प्राथमिकताका साथ प्रशिक्षार्थी कार्यक्रममा सहभागी गराइनेछ। प्रशिक्षार्थी अवधिभर छनोट भएका उम्मेदवारहरूलाई रिपोर्टिङ, लेखन तथा अनुसन्धानमा व्यावहारिक अनुभव प्रदान गरिनेछ। यसका साथै समाचारका अङ्ग पुगेका उत्कृष्ट सामग्रीहरू कान्तिपुर मिडिया ग्रुपका विभिन्न माध्यमहरूमा प्रकाशन समेत गरिने उल्लेख गरिएको छ।
इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV), सम्पर्क फोन नम्बर र कतै आफ्नै नाममा प्रकाशित भएका समाचार वा लेख रचना भए संलग्न गरी [email protected] मा इमेल पठाउनुपर्नेछ। इमेल पठाउँदा विषय (Subject) मा ‘Internship’ उल्लेख गर्नुपर्नेछ। आवेदन स्वीकृत भएका उम्मेदवारहरूलाई संस्थाले सोझै सम्पर्क गर्ने जानकारी दिएको छ।
थप सुचनामा:


