नबिल स्टक डिलर लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी दरखास्त आह्वान

feature 1789868111567 https://bajarkochirfar.com/private-job/nabil-stock-dealer-ltd-announces-vacancies-for-multiple-positions/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Nabil Stock Dealer Ltd.
◆ पद (Position / Title):Investment Manager/Officer, IT Support, Compliance Officer, and Business Development Executive
◆ रिक्त संख्या (Vacancies):9 Positions
◆ आवेदन खुल्ने मिति (Open Date):18 September 2026
◆ आवेदन दिने अन्तिम मिति (Close Date):28 September 2026

◆ संक्षिप्त जानकारी (Summary):

नबिल स्टक डिलर लिमिटेडले इन्भेष्टमेन्ट म्यानेजर, आईटी सपोर्ट, कम्प्लायन्स अफिसर र बिजनेस डेभलपमेन्ट एक्जुकेटिभ पदका लागि आवेदन माग गरेको छ।

नबिल बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी तथा इजाजतपत्र प्राप्त स्टक डिलर, नबिल स्टक डिलर लिमिटेडले विभिन्न ४ विधाका पदहरूमा कुल ९ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८३ असोज १२ गते (२८ सेप्टेम्बर २०२६) भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

सूचना अनुसार, इन्भेष्टमेन्ट म्यानेजर/अधिकृत पदका लागि २ जना माग गरिएको छ, जसका लागि फाइनान्स, व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर वा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव हुनुपर्नेछ। यस्तै, १ जनाको सङ्ख्यामा माग गरिएको आईटी सपोर्ट पदका लागि सूचना प्रविधि वा इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ। कम्प्लायन्स अफिसर (१ जना) का लागि व्यवस्थापन, कानुन वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण भई कम्तीमा ३ वर्षको अनुभव माग गरिएको छ। बिजनेस डेभलपमेन्ट एक्जुकेटिभ पदका लागि ५ जना कर्मचारी करार सेवामा माग गरिएको छ, जसका लागि स्नातक तह उत्तीर्ण हुनुपर्नेछ।

आवेदन दिने उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको वैयक्तिक विवरण (CV) र कभर लेटर कम्पनीको आधिकारिक इमेल [email protected] मा पठाउनु पर्नेछ। आवेदन दिने म्याद १८ सेप्टेम्बर २०२६ देखि २८ सेप्टेम्बर २०२६ सम्म तोकिएको छ। छनोट प्रक्रियाका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिने कम्पनीले जनाएको छ।

थप सुचनामा:

नबिल स्टक डिलर लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी दरखास्त आह्वान

Related Opportunities

Organization

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा अधिकृत तथा सहायक श्रेणीका विभिन्न पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

शर्मा एण्ड कम्पनी प्रा. लि. द्वारा हाइड्रोपावर परियोजनाका लागि विभिन्न पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

हुलास फुडद्वारा एरिया सेल्स म्यानेजर र सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न सात पदका लागि कर्मचारी, प्लस टु पास भएकाले पनि आवेदन दिन पाउने

Deadline : Refer to Notice
View Details →

Organization

पोखरा विश्वविद्यालयद्वारा चार संकायका लागि डीन पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

प्राइम कमर्सियल बैंकद्वारा कानुनी अधिकृत, चार्टर्ड एकाउन्टेन्ट सहित विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स