राष्ट्रिय फलफूल बाली विकास केन्द्रद्वारा पुष्प नर्सरी लक्षित ३ दिने तालिमका लागि आवेदन आह्वान

feature 1789893384483 https://bajarkochirfar.com/government-scheme/national-centre-for-fruit-development-calls-for-applications-for-flower-nursery-training-program/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):National Centre for Fruit Development (Rashtriya Falphul Bali Bikas Kendra)
◆ पद (Position / Title):Farmer Level Training Participant (Flower Nursery)
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०६/०२
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ असोज ३०

◆ संक्षिप्त जानकारी (Summary):

राष्ट्रिय फलफूल बाली विकास केन्द्रले पुष्प नर्सरी धनी तथा व्यवसायीहरूका लागि ३ दिने क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आवेदन माग गरेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभागअन्तर्गतको राष्ट्रिय फलफूल बाली विकास केन्द्र, कीर्तिपुरले आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ‘पुष्प नर्सरी लक्षित उत्पादन तथा बजारीकरण क्षमता अभिवृद्धि कृषक स्तरीय’ ३ दिने तालिम सञ्चालन गर्न लागेको छ। उक्त तालिममा सहभागी हुन इच्छुक पुष्प नर्सरी धनी तथा पुष्प व्यवसायीहरूबाट आवेदन आह्वान गरिएको छ।

इच्छुक आवेदकहरूले तोकिएको गुगल फारम लिङ्क (https://forms.gle/LA8qMu5HXwDqXuLG6) वा सूचनामा उपलब्ध क्यूआर कोड स्क्यान गरी आगामी २०८३ असोज ३० गतेभित्र आफ्नो विवरण पेश गर्नुपर्नेछ। फारम भरेका आवेदकहरूमध्येबाट संक्षिप्त सूची (सर्टलिस्ट) तयार गरी केन्द्रले सम्पर्क गर्ने जनाएको छ।

उक्त ३ दिने तालिम काठमाडौं उपत्यकामा २०८३ मंसिर पहिलो साता आयोजना हुने सम्भावित मिति तोकिएको छ। तालिममा सहभागी हुनेहरूलाई नेपाल सरकारको नियमानुसार दैनिक तथा भ्रमण भत्ता उपलब्ध गराइनेछ भने अन्य कुनै भत्ता प्रदान गरिने छैन। थप जानकारीका लागि केन्द्रको फोन नम्बर ०१-५९०५०५३ वा सम्पर्क अधिकृतको नम्बर ९८४५०७३७१० मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

राष्ट्रिय फलफूल बाली विकास केन्द्रद्वारा पुष्प नर्सरी लक्षित ३ दिने तालिमका लागि आवेदन आह्वान

Related Opportunities

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न ११ प्रकारका नि:शुल्क स्वरोजगारमूलक तालिमहरूका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भरतपुर महानगरपालिकाद्वारा नगरबासीका लागि विभिन्न १८ प्रकारका निःशुल्क सीपमूलक तालिमहरूको आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

इनरुवा नगरपालिकाद्वारा नि:शुल्क AI Content Creator तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मदनपोखरा बहुप्राविधिक शिक्षालयद्वारा विभिन्न ५ विषयमा निःशुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा निःशुल्क सीप अभिवृद्धि तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स