■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Centre for Mental Health & Counselling Nepal (CMC-Nepal) |
| ◆ पद (Position / Title): | Community Psychosocial Worker |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | – |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | असोज १०, २०८३ |
◆ संक्षिप्त जानकारी (Summary):
नुवाकोट, रसुवा र धादिङ जिल्लाका बाढी प्रभावितका लागि मनोसामाजिक सहयोग गर्न सी.एम.सी.-नेपालले कर्मचारी माग गरेको छ।
सी.एम.सी.-नेपाल (Centre for Mental Health & Counselling Nepal) ले नुवाकोट, रसुवा, र धादिङ जिल्लामा बाढी पीडित तथा प्रभावितका लागि मनोसामाजिक सहयोग गर्न केही संख्यामा सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूको माग गरेको छ। यो कार्यक्रम युएनएफपीए (UNFPA) को आर्थिक र सी.एम.सी.-नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको हो। इच्छुक महिला उम्मेदवारहरूले २०८३ साल असोज १० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
न्यूनतम योग्यताका लागि आवेदकले कम्तिमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने उमेर २० वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। अनुभवको हकमा मनोसामाजिक कार्यकर्ता वा सामाजिक कार्यकर्ताको रूपमा समुदाय स्तरमा काम गरेको, लैङ्गिक हिंसा न्यूनीकरणमा रुचि राख्ने र मनोसामाजिक सहयोग प्रदान गरेको अनुभव भएकालाई प्राथमिकता दिइनेछ। आवेदकहरू नुवाकोट, रसुवा र धादिङ जिल्ला तथा सम्बन्धित बाढी प्रभावित पालिकाको स्थायी बासिन्दा हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
आवेदनका साथ नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभवका प्रमाणहरू पेश गर्नुपर्नेछ। प्राप्त आवेदनहरूमध्येबाट तोकिएको मापदण्डका आधारमा सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ। दलित, जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका उम्मेदवारहरूलाई विशेष ग्राह्यता दिइने सूचनामा उल्लेख छ।
इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण (Bio-data) र आवश्यक कागजातहरू [email protected] मा इमेल मार्फत पठाउन सक्नेछन्। कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ।
थप सुचनामा:


