■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nepal Water and Energy Development Company (NWEDC) |
| ◆ पद (Position / Title): | CEO, Managerial/Managing Director, Chief Finance Officer |
| ◆ रिक्त संख्या (Vacancies): | 3 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/०६ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०६/१२ |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (NWEDC) ले माथिल्लो त्रिशुली १ हाइड्रो पावर आयोजनाका लागि ३ वटा वरिष्ठ पदमा कर्मचारी माग गरेको छ।
बागमती प्रदेश रसुवा जिल्लास्थित माथिल्लो त्रिशुली १ हाइड्रो पावर आयोजनाका लागि नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (NWEDC) ले विभिन्न ३ वटा पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले प्रमुख कार्यकारी अधिकृत (CEO), प्रबन्धक/प्रबन्ध निर्देशक र मुख्य वित्त अधिकृत (CFO) पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो। यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।
शैक्षिक योग्यता र अनुभवतर्फ, प्रमुख कार्यकारी अधिकृतका लागि इन्जिनियरिङ वा अन्य संकायमा स्नातकोत्तर वा स्नातक गरी जलविद्युत निर्माण र विकासको क्षेत्रमा सुपरिवेक्षणमा १० वर्षभन्दा बढीको अनुभव हुनुपर्नेछ। प्रबन्धक/प्रबन्ध निर्देशकका लागि सोही क्षेत्रमा ८ वर्षको अनुभव र मुख्य वित्त अधिकृतका लागि सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्य अनुभव आवश्यक पर्नेछ। सबै पदका लागि अङ्ग्रेजी र कोरियन भाषामा लिखित तथा मौखिक दुवै रूपमा पोख्त हुनुपर्ने विशेष योग्यता तोकिएको छ।
इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन कम्पनीको ईमेल [email protected] वा [email protected] मार्फत पठाउन सक्नेछन्। साथै, थापाथलीस्थित एल.एस. बिल्डिङको पाँचौं तल्लामा रहेको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ। सेवा सुविधा आपसी समझदारी (Negotiable) मा तय गरिने सूचनामा उल्लेख छ।
थप सुचनामा:


