■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nepal Multipurpose Cooperative Society Ltd. (NMC) |
| ◆ पद (Position / Title): | Member Facilitator |
| ◆ रिक्त संख्या (Vacancies): | 1 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०६/२० |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ असोज २८ |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गौरादह सेवाकेन्द्रका लागि करार सेवामा १ जना सदस्य सहजकर्ता माग गरेको छ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (NMC) ले आफ्नो गौरादह सेवाकेन्द्रका लागि ‘सदस्य सहजकर्ता’ पदमा नयाँ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। संस्थाको आन्तरिक कार्यविधि बमोजिम खुला प्रतिस्पर्धाद्वारा करार सेवामा नियुक्ति गर्ने गरी यो सूचना प्रकाशित गरिएको हो। रिक्त रहेको १ जना कर्मचारीको कार्यक्षेत्र गौरादह सेवाकेन्द्र अन्तर्गतका विभिन्न तोकिएका क्षेत्रहरू (गेउरिया खोला, रत्नवा खोला, चान्द्रु गाँउ र कार्की चौक) रहनेछ।
यस पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले न्यूनतम शैक्षिक योग्यता अन्तर्गत SEE परीक्षामा कम्तीमा १.६ GPA प्राप्त गरेको वा साविक SLC उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, वाञ्छनीय योग्यताका रूपमा स्मार्ट फोन चलाउन जान्ने, सामान्य अंग्रेजी बोल्न र लेख्न सक्ने तथा मोटरसाइकल वा स्कुटरको चालक अनुमति पत्र (A र K समूह) प्राप्त गरेको हुनुपर्ने उल्लेख छ। उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदन प्रक्रियाका लागि इच्छुक व्यक्तिले संस्थाले तोकेको दरखास्त फारम भरी न्यूनतम शैक्षिक योग्यताको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, ३ प्रति पासपोर्ट साइजको फोटो, व्यक्तिगत विवरण (Bio-Data) र दरखास्त दस्तुर बुझाएको भौचर सहित NMC गौरादह सेवाकेन्द्रमा बुझाउनुपर्नेछ। दरखास्त दस्तुर २ सय रुपैयाँ तोकिएको छ, जुन संस्थाको बचत तथा ऋण व्यवसाय अन्तर्गत प्रधान कार्यालयको बचत हि.नं. ०९९५३००००६३ मा जम्मा गर्नुपर्नेछ।
छनोट प्रक्रियामा लिखित परीक्षा (४० अंक) र मौखिक अन्तर्वार्ता (५० अंक) समावेश गरिनेछ। लिखित परीक्षामा SEE तहको पाठ्यक्रम, समसामयिक सामान्यज्ञान र सहकारी संस्था विशेष विषयहरू समेटिनेछन्। दरखास्त दिने अन्तिम मिति २०८३ असोज २८ गते बुधबारसम्म तोकिएको छ। परीक्षाको मिति र केन्द्र पछि प्रकाशन गरिने सूचनामा जानकारी दिइनेछ।
थप सुचनामा:


