■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Laxmi Group |
| ◆ पद (Position / Title): | Dispatch Assistant |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | Not specified |
◆ संक्षिप्त जानकारी (Summary):
लक्ष्मी ग्रुपले भक्तपुर कार्यक्षेत्र रहने गरी डिस्प्याच असिस्टेन्ट पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।
लक्ष्मी ग्रुपले आफ्नो व्यवसायिक विस्तारका लागि भक्तपुरमा कार्यरत रहने गरी नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। कम्पनीले हाल ‘डिस्प्याच असिस्टेन्ट’ (Dispatch Assistant) पदका लागि इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।
यस पदका लागि न्यूनतम योग्यता व्यवस्थापन संकाय (Management) वा सो सरहको विषयमा स्नातक तह (Bachelor’s degree) उत्तीर्ण गरेको हुनुपर्ने छ। डिस्प्याच वा प्रशासनिक कार्य सञ्चालनको क्षेत्रमा पूर्व अनुभव भएका उम्मेदवारहरूलाई छनोट प्रक्रियामा विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
आवेदकहरूमा कम्प्युटर सीप अन्तर्गत माइक्रोसफ्ट अफिस (विशेष गरी एक्सेल र वर्ड) को राम्रो ज्ञान हुनु आवश्यक छ। यसका साथै प्रभावकारी सञ्चार, समन्वय र संगठनात्मक सीपका साथै कार्यचापमा रहेर तोकिएको समयसीमा भित्र काम सम्पन्न गर्न सक्ने क्षमता हुनुपर्नेछ।
इच्छुक र योग्य व्यक्तिहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा (Resume) कम्पनीको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ।
थप सुचनामा:



