Google Maps द्वारा नेपालमा Street View सुरुवात: अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने

Google Maps द्वारा नेपालमा Street View सुरुवात: अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने
Advertisement Ads

Google Maps ले आज डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसर पारेर नेपालमा Street View सुरु गरिएको घोषणा गरेको छ। आजदेखि संसारको कुनै पनि कुनाबाट कसैले पनि Google Maps को Street View चित्र मार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सक्नेछन्।

अब तपाईं काठमाडौंका जीवन्त सडक गल्लीहरूमा टहलिन सक्नुहुन्छ। तपाईं शान्त सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ। तपाईं हिउँले ढाकिएका राजसी हिमालहरूको मनोरम भव्य दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल यात्रा गर्न सक्नुहुन्छ। यी सबै तपाईंको फोन वा कम्प्युटरबाट सजिलै सम्भव छ।

यसले तपाईँलाई अनुभूतिको संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ। 

यस सुरुवातले विश्वलाई नेपाल अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ जसले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउनेछ।

नेपालका नवीनतम दृश्यहरू हेर्नको लागि, आफ्नो फोन वा कम्प्युटरमा Google Maps खोल्नुहोस्। 360° view वा पहेँलो Street View pegman मा क्लिक गर्नुहोस्। अनि अन्वेषण सुरु गर्नुहोस्। 

स्ट्रिट भ्यु बाट हामीलाई मन परेका केही दृष्यहरूः 

काठमाडौं दरबार स्क्वायर  

स्वयम्भू महाचैत्य 

download 1 1 https://bajarkochirfar.com/google-maps-launches-street-view-in-nepal-now-you-can-view-the-beautiful-scenery-and-culture-of-nepal-from-all-over-the-world | %tags

 

बोलाछे टोल (पोटर्स स्क्वायर), भक्तपुर 

download 1 https://bajarkochirfar.com/google-maps-launches-street-view-in-nepal-now-you-can-view-the-beautiful-scenery-and-culture-of-nepal-from-all-over-the-world | %tags

दत्तात्रेय मन्दिर, भक्तपुर

download 2 https://bajarkochirfar.com/google-maps-launches-street-view-in-nepal-now-you-can-view-the-beautiful-scenery-and-culture-of-nepal-from-all-over-the-world | %tags

कुलेखानी जलाशय (इन्द्र सरोवर)

download 3 https://bajarkochirfar.com/google-maps-launches-street-view-in-nepal-now-you-can-view-the-beautiful-scenery-and-culture-of-nepal-from-all-over-the-world | %tags

पोखराका हरियाली डाँडाहरू

download 4 https://bajarkochirfar.com/google-maps-launches-street-view-in-nepal-now-you-can-view-the-beautiful-scenery-and-culture-of-nepal-from-all-over-the-world | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स