ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ९६२ प्रतिशतले बढ्यो, कति छ लाभांश क्षमता ?

ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ९६२ प्रतिशतले बढ्यो, कति छ लाभांश क्षमता ?

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १.०९ प्रतिशतले बढेर ६ अर्ब २० करोड ४७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँमा सिमित भएको छ भने सञ्चालन आम्दानी ३.०२ प्रतिशतले बढेर २१ अर्ब २७ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ जसका कारण नाफामा थोरै दबाब परेको देखिन्छ। अघिल्लो बर्ष इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६१ करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा अनुपात ०.४७ प्रतिशत बिन्दुले बढेर ४.८७ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।निक्षेप संकलन १४.८० प्रतिशतले र कर्जा प्रवाह ११.४७ प्रतिशतले बढेको छ।

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ अर्ब २१ करोड ५ हजार रुपैयाँ सञ्चित छ।

बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ। जस अनुसार बैंकको लाभांश क्षमता १४.११ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५० करोड ६७ लाख १८ हजार रुपैयाँ मात्रै थियो ।

बैंकको प्रतिसेयर आम्दानी ७१ पैसाले घटेर १६ रुपैयाँ २७ पैसा भएको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

GBIME 1 https://bajarkochirfar.com/global-ime-banks-distributable-profit-increased-by-962-percent-what-is-the-dividend-potential | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स