जेनेसिस भेन्चर्सले २५ लाख कित्ता आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल

जेनेसिस भेन्चर्सले २५ लाख कित्ता आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल

लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण सेयर ‘आईपिओ’को प्रस्तावित  सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ ।

लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका  अध्यक्ष श्री अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा  सम्झौतामा औपचारिक हस्ताक्षर गरे।

यस सम्झौता अन्तर्गत, लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक  सार्वजनिक निष्काशन (आईपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ। यो साझेदारीले  नेपालको पूँजी बजारलाई सुदृढ पार्ने र आम जनताको लागि लगानी अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई  प्रतिबिम्बित गर्दछ ।

जेनेसिस भेन्चर्स लिमिटेड एक निजी बजार लगानी कम्पनी हो जुन सूचीकरण नभएका इक्विटी अवसरहरूमा  लगानी केन्द्रित रहेको छ, उच्च–बृद्धि क्षेत्रहरू र दीर्घकालीन मूल्य सिर्जनालाई लक्षित गर्दै कम्पनीले बलियो  आधारभूत र विस्तार सम्भावना भएका व्यवसायहरू पहिचान गर्ने र लगानी गर्ने लक्ष्य राखेको छ । प्रस्तावित  आईपीओले कम्पनीको भविष्यको वृद्धि र रणनीतिक विस्तार पहलहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स