जि.ओ. अटोमोबाइलले नेपाली बजारमा सार्वजनिक गर्यो एमजी हेक्टर, कति पर्छ मूल्य ?

जि.ओ. अटोमोबाइलले नेपाली बजारमा सार्वजनिक गर्यो एमजी हेक्टर, कति पर्छ मूल्य ?

जिएसडब्ल्यू जेएसडब्ल्यू एमजी मोटर इन्डिया अन्तर्गतका सवारीसाधनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइलले नयाँ एमजी हेक्टर (MG Hector) नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कम्पनीले बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजना गरेको कार्यक्रममा नयाँ एमजी हेक्टर नेपाली बजारमा सार्वजनिक गरेको हो। केही समयअघि मात्रै एमजी विन्डसर र एमजी कोमेट सार्वजनिक गरेपछि कम्पनीले फेरि नयाँ मोडेल ल्याएको हो।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, प्रिमियम डिजाइन र थप आधुनिक विशेषताहरू समावेश गरिएको छ। यसले ठूलो एसयूभी अनुभव, उच्च आराम, उत्कृष्ट सुविधा तथा दैनिक प्रयोगमा सहजता प्रदान गर्ने दाबी गरिएको छ।

परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको यस गाडीमा प्रिमियम इन्टेरियर, स्मार्ट कनेक्टिभिटी, उन्नत सुरक्षा सुविधा र फराकिलो केबिन जस्ता विशेषताहरू रहेका छन्।

सार्वजनिकरण कार्यक्रममा बोल्दै जि.ओ. अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर विश्व बजारमै लोकप्रिय एसयूभीमध्ये एक रहेको उल्लेख गर्दै नेपाली ग्राहकका लागि अझ परिष्कृत संस्करण ल्याउन पाउँदा खुशी लागेको बताए।

उनका अनुसार नयाँ हेक्टरले डिजाइन, प्रविधि, सुविधा र आरामको समग्र अनुभवलाई अझ सुधार गरेको छ। शैली, सुरक्षा र व्यवहारिकताको सन्तुलन खोज्ने ग्राहकका लागि यो राम्रो विकल्प हुने कम्पनीको विश्वास छ।

नयाँ एमजी हेक्टर नेपालमा ६६ लाख ९९ हजार रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ। यो एसयूभी चार फरक भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ मोडेल सार्वजनिकसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरेको छ। साथै बिक्रीपछिको सेवा, आधिकारिक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक–केन्द्रित सेवामा निरन्तर ध्यान दिने प्रतिबद्धता समेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स