दुई बैंकका संस्थापक सेयर बिक्रीमा राखिएका छन्। एनएमबि बैंक र कामना सेवा विकास बैंकका गरी कुल १ लाख २६ हजार ७११ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। तीमध्ये एनएमबि बैंकका ८६ हजार ७११ कित्ता र कामना सेवा विकास बैंकका ४० हजार कित्ता संस्थापक सेयर रहेका छन्।
एनएमबि बैंकको संस्थापक सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्था सहभागी भई खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद १५ दिन तोकिएको छ भने निवेदन काठमाडौंको बबरमहलस्थित एनएमबि बैंकको कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिनेछ।
त्यसैगरी, कामना सेवा विकास बैंकको संस्थापक सेयर खरिदका लागि वैशाख २३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले ४० हजार कित्तै एकैपटक खरिदका लागि बोलपत्र पेस गर्नु पर्नेछ, र न्यूनतम मूल्य वा सोभन्दा बढी दर उल्लेख गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा बुझाउन सकिनेछ।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)
प्रतिकृया