फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६० हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीका लागि लिलामीमा राखिएको छ। संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले पनि यी सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा सो न्यूनतम मूल्य वा सोभन्दा बढी दर कबोल गर्नुपर्नेछ।
लगानीकर्ताले कम्तीमा १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतम आवेदन १०० अंकले भाग जाने गरी दिन सकिने व्यवस्था गरिएको छ।
सेयर खरिदका लागि कात्तिक २३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा बुझाउनुपर्नेछ।








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया