पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २ गते
पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने

नेकपा (एमाले) को सचिवालय बैठकले दसौं महाधिवेशनका प्रतिनिधिहरूमात्र विधान महाधिवेशनका प्रतिनिधि बन्न सक्ने निर्णय गरेको छ। यससँगै पूर्वराष्ट्रपति विद्या भण्डारीलगायत पछिल्लो समय मनोनीत भएका केन्द्रीय सदस्यहरू दोस्रो विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन नपाउने भएका छन्।

बैठकले पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णयसमेत गरेको छ। अब केन्द्रीय कमिटीभित्र स्थायी कमिटी मात्रै रहने व्यवस्था गरिएको छ भने पोलिटब्युरो हटाइएको छ। पार्टीमा अब ‘सदस्य’ र ‘संगठित सदस्य’ गरी दुई तहको सदस्यता रहनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स