काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल मंगलबार बिहान पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो।
रिजाल भदौ २३ र २४ गते जेनजी आन्दोलनको बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए र आन्दोलन दमनको आरोप लागेका थियो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसअनुसार उनीमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो। यसअघि सोही आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।
रिजाल प्रमुख जिल्ला अधिकारी हुनु अघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए र त्यहाँ पनि कर्मचारीहरूलाई अध्यागमन कार्यालय वा आकर्षक पदमा पठाउँदा पेशागत आचरण विपरीत काम गरेको आरोप लाग्दै आएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पठाएको विवरणअनुसार उनीमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान जारी छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया