बैंक तथा वित्तीय संस्थाका लागि सेयर कारोबारमा लचकता, होल्ड अवधि अब ६ महिना मात्र

बैंक तथा वित्तीय संस्थाका लागि सेयर कारोबारमा लचकता, होल्ड अवधि अब ६ महिना मात्र
Advertisement Ads

बैंक तथा वित्तीय संस्थाहरूले सेयर किनबेच गर्दा पालना गर्नुपर्ने नियममा नेपाल राष्ट्र बैंकले लचकता ल्याएको छ।
राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गर्दै, पहिले एक वर्षसम्म अनिवार्य रूपमा सेयर होल्ड गर्नुपर्ने प्रावधानलाई घटाएर ६ महिना मात्र कायम गरेको हो।

यसअघि बैंक तथा वित्तीय संस्थाले कुनै कम्पनीको सेयर खरिद गरेपछि कम्तीमा एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था थियो।

संशोधित निर्देशन अनुसार, अब बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा बिक्री भइसकेका र धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको सेयर वा डिबेञ्चरमा कम्तीमा ६ महिनाका लागि लगानी गर्नुपर्ने छ।

‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठितसंस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्। धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न पाइनेछैन ।’ संसोधित व्यवस्थामा भनिएको छ।

553510839 1039712351494328 3665698219118875525 n https://bajarkochirfar.com/flexibility-in-share-trading-for-banks-and-financial-institutions-holding-period-now-only-6-months | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स