फर्स्टमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार, संस्थाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको ६.५ प्रतिशतअनुपातमा ८ करोड ७४ लाख १६ हजार ६३६ रुपैयाँबराबर नगद लाभांश (करसहित) वितरण गर्नेछ। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन पश्चात सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।



















प्रतिकृया