फायर र बुलेट प्रुफ जिलीको नयाँ इलेक्ट्रिक मोडल नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १९ गते
फायर र बुलेट प्रुफ जिलीको नयाँ इलेक्ट्रिक मोडल नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

नेपाली बजारमा चिनियाँ ब्रान्ड जिली अटो होल्डिङ्ग ग्रुपको नयाँ विद्युतीय सवारी जिली ईएक्स५ सिरिज भित्रिएको छ। एलआरआर मोटर्सले नाडा अटो शो २०२५ लक्षित गर्दै दुई मोडल– ईएक्स५ प्रो र ईएक्स५ म्याक्स सार्वजनिक गरेको हो। यी मोडलहरू ६०.२ किलोवाट घण्टा क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्रीसहित आएका छन्, जुन वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत प्रमाणित छ। कम्पनीका अनुसार यस ब्याट्रीको आयु ३५ सय चार्ज साइकल (झन्डै १० लाख किलोमिटर) सम्म रहेको छ।

यी गाडीहरू १६० किलोवाट मोटरसहित ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै लिन सक्ने क्षमता राख्छन्। सिएलटिसी मापन अनुसार ५३० किमी र डब्लुएलटीपी अनुसार ४३० किमीसम्मको रेन्ज छ। १५.४ इन्च टचस्क्रिन, १०.२ इन्च क्लस्टर, प्यानोरामिक सनरुफ, हेडअप डिस्प्ले, भेन्टिलेटेड तथा मसाज सिट जस्ता फिचरहरू उपलब्ध छन्।

सुरक्षाका लागि ६ एयरब्याग, एबीएस, ईएससी, ब्लाइन्ड स्पट मोनिटरिङ लगायत सुविधा छन्। मूल्य क्रमशः ५८ लाख र ६८ लाख रुपैयाँ तय गरिएको छ। नाडा अटो शोमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स