अर्थमन्त्री वाग्लेले आज झन्डै तीन दर्जन उद्योगपतिहरूसँग छलफल गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १२ गते
अर्थमन्त्री वाग्लेले आज झन्डै तीन दर्जन उद्योगपतिहरूसँग छलफल गर्दै
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा उत्पादनमूलक उद्योग सञ्चालन गरी नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिसँग आज ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना हुने भएको छ।

अर्थ मन्त्रालयमा अपराह्न ३:०० बजेदेखि सुरु हुने कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका विभिन्न महाशाखा तथा विभागका अधिकारीहरूको सहभागिता रहनेछ।

कार्यक्रममा बजेट कार्यान्वयनसँग सम्बन्धित विषयमा उद्योगपतिहरूसँग छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स