एभरेष्ट बैंकले कमायो २ अर्ब नाफा, एनपिएल घट्दा अन्य सूचक कस्ता ?



Advertisement
Ads

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट बैंक लिमिटेडको नाफा बढेको छ। बैंकको नाफा २१.११ प्रतिशतले बढेर २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो।


Advertisement

बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट ३४ करोड ९५ लाख रुपैयाँमा झारेको छ। बैंकको एनपिएल भने ०.११ प्रतिशतले घटेर ०.६६% मा आएको छ।


Advertisement

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्दा नाफा बढेको हो। बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन

आम्दानी १४.४६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशतले बढेर भई ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ भने बैंकको जगेडा कोषमा १६ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ९४ पैसाले बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ ।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको सुधार तथा इम्पेरमेन्ट चार्जमा आएको कमीले सकारात्मक प्रभाव पारेको छ।

viber image 2025 01 20 07 28 44 142 https://bajarkochirfar.com/everest-bank-earned-a-profit-of-2-billion-what-are-the-other-indicators-as-npls-decrease | %tags

यो पनि पढ्नुहोस् 

एनएमबी बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, ईपीएस सहित अन्य सूचक कस्ता ?
https://bajarkochirfar.com/nmb-banks-profit-increased-by-46-percent-what-are-the-other-indicators-including-eps

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर