एनएमबी बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, ईपीएस सहित अन्य सूचक कस्ता ?

एनएमबी बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, ईपीएस सहित अन्य सूचक कस्ता ?
Advertisement Ads

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशतको बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो।

इम्पेरमेन्ट चार्ज कमी साथै ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको सुधार हुँदा बैंकको नाफा बढेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशतले बढेर ४ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुगेको छ, यता सञ्चालन आम्दानी १४.२८ प्रतिशतले बढेर ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ पुगेको छ।

साथै, इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ। तर बैंकको खराब कर्जा भने २.८६ प्रतिशतबाट बढेर ३.९६ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६ रुपैयाँ ८४ पैसा वृद्धि भई २१ रुपैयाँ ८२ पैसा पुगेको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ।

Advertisement Ads

viber image 2025 01 20 07 40 28 191 https://bajarkochirfar.com/nmb-banks-profit-increased-by-46-percent-what-are-the-other-indicators-including-eps | %tags

यो पनि पढ्नुहोस् 

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि, अन्य सूचकहरु कस्ता ?
https://bajarkochirfar.com/himalayan-banks-profit-shows-modest-growth-what-are-the-other-indicators

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स