हिमालयन बैंकको नाफामा सामान्य वृद्धि, अन्य सूचकहरु कस्ता ?

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि, अन्य सूचकहरु कस्ता ?
Advertisement Ads

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको इम्पेरमेन्ट चार्जमा घट्दा बैंकको सञ्चालन मुनाफा बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाख रुपैयाँमा झरेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब २२ करोड रुपैयाँबाट ४१.२२ प्रतिशतले बढेर ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १०.०४ प्रतिशतले घटेर ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.०३ प्रतिशत घटेको छ। खराब कर्जा भने ०.०३ प्रतिशतले बढेर ४.९८ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ०४ पैसाले बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ११ पैसा रहेको छ ।

viber image 2025 01 20 08 04 44 299 https://bajarkochirfar.com/himalayan-banks-profit-shows-modest-growth-what-are-the-other-indicators | %tags

Advertisement Ads

यो पनि पढ्नुहोस् 

कुमारी बैंकको नाफामा ६८ प्रतिशतको गिरावट, ईपीएस पनि घट्यो
https://bajarkochirfar.com/kumari-banks-profit-drops-by-68-percent-eps-also-drops

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स