कुमारी बैंकको नाफामा ६८ प्रतिशतको गिरावट, ईपीएस पनि घट्यो

कुमारी बैंकको नाफामा ६८ प्रतिशतको गिरावट, ईपीएस पनि घट्यो
Advertisement Ads

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशतले घटेको छ। यस अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि गत वर्षको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ नाफा भएको थियो।

इम्पेरमेन्ट चार्जमा बढ्नु र ब्याज आम्दानी घट्दा बैंकको नाफा घटेको हो। बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत घटेर ५ अर्ब ३१ करोड रुपैयाँ सीमित भएको छ। यसैगरी, इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोडबाट बढेर ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा २ प्रतिशतले बढेर ६.९६ प्रतिशत पुगेको छ।

कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म यसले ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको वितरणयोग्य नाफा ६ अर्ब ४४ करोड रुपैयाँ ऋणात्मक रहेको र जगेडा कोषमा १५ अर्ब २६ करोड रुपैयाँ जम्मा रहेको छ।

कुमारी बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ ५१ पैसाले घटेर २.१० रुपैयाँ सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १३३.५१ रुपैयाँ रहेको छ ।

viber image 2025 01 20 08 20 53 942 https://bajarkochirfar.com/kumari-banks-profit-drops-by-68-percent-eps-also-drops | %tags

Advertisement Ads

यो पनि पढ्नुहोस् 

घट्यो नेपाल बैंकको नाफा, अन्य सुचकहरु कस्ता ?
https://bajarkochirfar.com/nepal-banks-profit-has-decreased-what-are-the-other-indicators

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स