insta insta

घट्यो नेपाल बैंकको नाफा, अन्य सुचकहरु कस्ता ?

घट्यो नेपाल बैंकको नाफा, अन्य सुचकहरु कस्ता ?
Advertisement Ads

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५९ करोड ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा बैंकको नाफा घटेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.१६ प्रतिशत घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँमा आएको छ। यस्तै, बैंकको सञ्चालन आम्दानी ४५.३५ प्रतिशत घटेर ४१ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ।

यसैगरी, इम्पेरमेन्ट चार्ज २ अर्ब ५३ करोडबाट घटेर २ अर्ब ०८ करोड रुपैयामा आएको छ । बैंकको खराब कर्जा ०.४९ प्रतिशतले बढेर ४.९९ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ०५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ०९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको वितरणयोग्य नाफा ६० करोड ७१ लाख रुपैयाँ रहेको र जगेडा कोषमा २३ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

नेपाल बैंकको प्रतिसेयर आम्दानी(ईपिएस) १ रुपैयाँ ७६ पैसाले घटेर ६ रुपैयाँ २७ पैसामा आएको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ९६ पैसा रहेको छ।

viber image 2025 01 20 08 39 28 464 https://bajarkochirfar.com/nepal-banks-profit-has-decreased-what-are-the-other-indicators | %tags

यो पनि पढ्नुहोस् 

लक्ष्मी सनराइज बैंकले कमायो १ अर्ब १६ करोड नाफा, अन्य सूचक कस्ता?
https://bajarkochirfar.com/laxmi-sunrise-bank-earned-a-profit-of-rs-1-16-billion-what-are-the-other-indicators

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स