एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको चिनो खोलामा ८.८६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्नका लागि रु १३० करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।
उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्।
मनाङ जिल्लाको नासोँ गाउँपालिकामा अवस्थित यो परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित हो। यस परियोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने गरी चाइनिज ठेकेदारलाई ईपीसी मोडेलमा ठेक्का लगाइएको छ।
परियोजनाबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ।
यस परियोजनाका लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद बिक्री सम्झौता २०७७ वैशाखमा सम्पन्न भइसकेको छ। यो परियोजनाबाट वार्षिक २४.३४० गिगावाट आवर विद्युत उत्पादन हुनेछ।



















प्रतिकृया