मोरङ जिल्लाको ग्रामथानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, र समृद्धिको अभियानमार्फत नयाँ उचाइमा पुग्ने प्रयास गरिरहेको बताएका छन्। उनले यस अभियानले सरकार, पार्टी, र आन्दोलनमा पुनर्जागरण सुरु गरेको स्पष्ट पारे।
प्रचण्डले सुशासन र सुधारका कदमले बिचौलियाहरुलाई तर्साएको उल्लेख गर्दै, उनीहरुले षड्यन्त्रपूर्वक सरकार ढाल्ने प्रयास गरिरहेको आरोप लगाए। उनले भने, “अहिलेको सरकार सत्तारूढ दलहरूले होइन, बिचौलियाहरूले चलाइरहेका छन्। सरकारमा रहेकाहरू त उनीहरूकै मुखौटा हुन्।”
उनले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको उदाहरण दिँदै भने, “मैले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाउँदा नेपाल लोडसेडिङमुक्त भयो। कांग्रेसकै वरिष्ठ नेताहरूले उहाँलाई देशको सम्पत्ति भनेका थिए। तर अहिले उहाँलाई दिनदिनै सताउने काम भइरहेको छ। यो ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेको होइन त? घाटामा रहेको प्राधिकरणलाई झण्डै ५० अर्ब नाफामा पुर्याउँदा पनि उहाँमाथि षड्यन्त्र भइरहेको छ। यसले दलाललाई सह्य भएको छैन।”
प्रचण्डले आफ्नो नेतृत्वमा सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको दाबी गरे। उनले भने, “विश्वविद्यालयमा मेरिटोक्रेसीको सुरुवात, कर्मचारीतन्त्रमा योग्य व्यक्तिलाई जिम्मेवारी दिने, बेथिति गर्नेहरूलाई दण्डित गर्ने, र वर्षौंदेखि रोकिएका शिक्षा ऐन र निजामती ऐन जस्ता कानून निर्माणमा सरकारले महत्वपूर्ण काम अगाडि बढाएको छ।”
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया