इयुले नवप्रवर्तन आइडियालाई ७ लाख रुपैयाँ दिँदै, छनोट हुने क्राइटेरिया के ?

इयुले नवप्रवर्तन आइडियालाई ७ लाख रुपैयाँ दिँदै, छनोट हुने क्राइटेरिया के ?

युरोपियन युनियन (इयु) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले युवा उद्यमीलाई लक्षित गर्दै रु. सात लाख बराबरको अनुदानका लागि नवीन नवप्रवर्तन आइडिया (सोच)पेस गर्न आह्वान गरेको छ ।

इयुको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट नेपाल परियोजनाअन्तर्गत प्लास्टिक झोलाको विकल्पमा प्रयोग गर्न सकिने वातावरणमैत्री र दिगो प्याकेजिङसम्बन्धी नवीन आइडिया प्रस्तुत गर्ने युवा उद्यमीलाई उक्त अनुदान प्रदान गरिन बताइएको छ ।

अनुदानका लागि बागमती, लुम्बिनी र मधेस प्रदेशका युवाले आफ्नो आइडियासहितको प्रस्ताव आगामी माघ १ गतेभित्र पेस गर्नुपर्नेछ । प्राप्त प्रस्तावमध्ये विज्ञहरू सम्मिलित छनोट समितिले मूल्याङ्कन गरी एक जनालाई विजेता घोषणा गर्ने प्रस्तावमा उल्लेख छ ।

क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार विजेता टिमलाई अनुदानसँगै प्राविधिक सहयोग, उत्पादनपछि बजार खोजी तथा दीर्घकालीन रूपमा व्यवसाय टिकाइराख्न आवश्यक अन्य लगानी स्रोत पहिचानमा सहयोग गरिनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स